हुचिलको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ

कपन अनलाइन/काठमाडौं ,जेठ १३  गते
दुर्लभ पंक्षी हुचीलको अवैध कारोबार तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा  प्रहरीले  धादिङ्ग तसपुर–६ घर भई हाल काठमाडौ–१८ नरदेवी बस्ने राम कुमार अर्याल र लक्ष्मण अर्याललाई  पक्राउ गरेको छ ।

दुर्लभ पंक्षी हुचिल
दुर्लभ पंक्षी हुचिल

उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जेठ ११ गते जीवित दुर्लभ पंक्षी हुचील धादिङ्गबाट बिक्री गर्न भनी काठमाडौं ल्याएको र २ लाखमा बिक्री गर्न अपरिचित व्यक्तिसंग मोलमोलाई गर्ने कार्य गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको । यस सम्बन्धमा थप अनुसन्धानका लागि
निजहरूलाई जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी अपराध महाशाखा  ले कपन अनलाइन लाइ बतायो  ।

 

तपाइँको प्रतिक्रिया ।