फिल्म ‘चर्खा’को ‘घन् घन् मादल घन्कियो’ बोलको गीत सार्वजनिक

फिल्म ‘चर्खा’को ‘घन् घन् मादल घन्कियो’ बोलको गीत सार्वजनिक
कपन अनलाइन 
काठमाडौँ, ७ असोज । फिल्म ‘चर्खा’को पहिलो गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व बडादशैंको शुभ अवसर पारेर फिल्ममा समावेश नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा तयार पारिएको ‘घन् घन् मादल घन्कियो’ बोलको गीत सार्वजनिक गरिएको हो । विकाश चौधरीको संगीत रहेको यो गीतलाई गोबिन्द गौतमले लेखेका हुन ।
गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । गीतको भिडियोमा दिब्य सुबेदीले क्यामरा चलाएका छन् भने कविराज गहतराजले कोरीयोग्राफी गरेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको यो गीतको भिडियोमा नायक दीलीप रायमाझी र गायिका जुनु रिजाल फिचरिङ छन् । फिल्ममा निर्जन थापा, सुशान्त कार्की, सुरबिना कार्की, रजनी केशी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सन्जिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृण खडका, रुपेश केसीको संयूक्त लगानीमा फिल्म निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता शहदेब गौतम हुन् । फिल्मलाई निर्देशक गोबिन्द गौतमले नै लेखेका हुन । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

तपाइँको प्रतिक्रिया ।