बुढानीलकण्ठबाट चल्ने बसमा नेपालमै पहिलो पटक जीपीएस ट्रयाकिङ सिस्टम जडान

बुढानीलकण्ठबाट चल्ने बसमा नेपालमै पहिलो पटक जीपीएस ट्रयाकिङ सिस्टम जडान

कपन अनलाइन 

काठमाडौं असोज ७  ।

बुढानीलकण्ठ मिनीबस व्यवस्था समितिले यात्रुका लागि पनि जीपीएपस ट्र्याकिङ सिस्टम शुरुवात गरेको छ ।यसले अव  नारायणथान, बागद्वार र शिवपुरी भ्रमणमा जानेहरुका लागि पनि फाइदा हुनेछ ।शुक्रबारदेखि समितिले थालेको जीपीएपस ट्र्याकिङ सिस्टम समितिको कार्यालयबाटै कन्ट्रोल हुने छ ।

बुढानीलकण्ठ मिनीबस व्यवस्था समितिले  शुक्रबारआफ्नो अत्याधुनिक कार्यालय भवनसमेत सन्चालनमा ल्याएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको रुद्रेश्वर चोकमा निर्मित भवनको उद्घाटन  भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले गरेका थिए ।

उनले कार्यक्रममा नेपालमै पहिलोपटक यात्रुका लागि जीपीएपस ट्र्याकिङ शुरु गरेकोमा खुसी व्यक्त गर्दै सार्वजनिक यातायातलाई जनतामैत्री बनाउने र निजी गाडी बिस्थापित गर्नेतर्फ व्यवसायीले यस्ता रचनात्मक अभियान चलाउनुपर्ने बताए ।

समितिको नवनिर्मित भवनमै अत्याधुनिक सूचना प्रविधि जडान गरिएको र समितिका बसहरु कतिबेला कहाँ पुगेका छन् सबैको ट्र्याकिङ गरिने अध्यक्ष प्रमोद खड्काले बताए । उनले यात्रुलाई सहज सुबिधाका लागि समितिले कार्यालयबाटै निगरानी बढाउन यस्तो गरिएको बताए ।

यो प्रविधिले अव यात्रुको समय बच्ने र सहज यात्राको लागि पनि सहयोग पुग्ने खड्काले बताए ।

तपाइँको प्रतिक्रिया ।