शुक्रबारदेखि देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

शुक्रबारदेखि देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

कपन अनलाइन

काठमाडौ,असोज ४।

नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

सरकारले उपचारको क्रममा विरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको निर्णय गरेपछि चिकित्सक संघले आक्रोसित भ भएको हो । उसले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो ।

तर, अल्टिमेटम दिएको भोलिपल्ट बसेको संघको बृहत बैठकले तीनबुँदे माग अघि सारेको छ । र, माग सम्बोधन नभए ६ गतेदेखि देशभरका अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

संघले असोज २ को निर्णय फिर्ता लिनु पर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्ने व्यवस्था गर्नु पर्ने र विगतमा भएका सहमति कार्यान्वयनको माग राखेको छ ।

तपाइँको प्रतिक्रिया ।