एमाले मधेश बिरोधी भनी गरिएको दुश्प्रचार पानीको फोका जस्तै हो : ईश्वर पोखरेल

एमाले मधेश बिरोधी भनी गरिएको दुश्प्रचार पानीको फोका जस्तै हो : ईश्वर  पोखरेल

कपन अनलाइन 

महोत्तरी, भाद्र २९/बालकृष्ण अधिकारी

नेकपा एमालेका महासचिब ईश्वर पोखरेलले एमालेलाई मधेश बिरोधी भनी फैल्याएको अफवाह पानीको फोका झै फुटीसकेको बताउनुभएको छ । दुई नम्बर प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुन तराईका जिल्लामा आउनुभएका महासचिब पोखरेलले यहाँका गाउँ बस्तीमा पुगेर चुनावी सभामा सहभागीता  जनाएका थिए ।

मधेशका जनताले एमालेका कुरा चाख पूर्वक सुनीरहेको बताउँदै उहाँले एमालेलाई मधेश बिरोधी भनी विपक्षहरुले गरेको दुश्प्रचार मधेशमा निश्प्रभावी हुने ठोकुवा गर्नुभयो । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि पठाएको बजेटसमेत कार्यान्वयन हुन नदिनेहरु अहिले एमालेलाई मधेश बिरोधी भनेर टिप्पणी गरिरहेको बताए ।

केपी ओली नेतृत्वको सरकारले तराईको सदरमुकामका जोड्ने बाटो निर्माणका लागि प्रति सदरमुकाम ५० करोड रुपयाँ छुट्याएका स्मरण गर्दै उहाँले त्यो बजेट कार्यान्वयन हुन नदिने शक्तीलाई चुनावमा मधेशी जनताले परास्त गर्नुपर्ने बताए  ।

हिजो पानीको इनार छुँदा समेत मधेशी जनतालाई उत्पीडनमा पार्नेहरु नै अहिले मधेशवादी दलका रुपमा आफुलाई मधेशको मसीहा ठानीरहेको महासचिब पोखरेलले आरोप लगाउनुभयो । अंगीकृत नागरिकता लिएकाहरुलाई राज्यको प्रमुख तहमा जान नसक्ने प्राबधान संसारका सबै देशहरुमा रहेको बताउँदलै उहाँले यो मुद्दामा एमाले अटल रहने दावी गरे  ।

हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने अन्य दलको प्रस्ताबलाई एमालेले पारित हुन नदिएर देशको स्वाभिमान र राष्ट्रियताको रक्षा गरेको महासचिब पोखरेलको भनाई थियो । एमाले महासचिब पोखरेलले बिहीबार महोत्तरीको बर्दीवास नगरपालिकाका विभिन्न वडामा पुगेर चुनावी सभामा भाग लिए  ।

केही वडामा घरदैलोमा समेत सहभागी हुनुभएका पोखरेललाई यहाँका जनताले मधेशका समस्याका विषयमा अवगत गराएका थिए । कार्यक्रममा बर्दीबास नगरपालिकाका एमालेका मेयरका उम्मेदवार शुरेश राउतले नगरपालिकामा रहेको १५ सैयाको अस्पताललाई ५० सैयाको सरकारी अस्पतालको रुपमा स्तरबृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय प्रबक्ता प्रभात बिक्रम कटुवाल, एमाले मकवानपुरका मोर्चा विभाग प्रमुख श्रीधर पोखरेल, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।फोटो :प्रभात विक्रम कटवाल

तपाइँको प्रतिक्रिया ।