गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने

गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने

कपन अनलाइन 

काठमाडौँ,भाद्र  २७।

वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालका  जन आन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले पहिलो पटक यो  प्रतियोगिता आयोजना गर्न लागेको हो ।

२८ बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने र  प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने  तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिएका छन् ।

तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवा पुस्ताहरु  फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि यो  प्रतियोगिता गर्न लागेको जानकारी दिए  । उनले वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगितालाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए ।

खेलको प्रथम विजेतालाई रु एक लाख, द्धितीयलाई रु ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिएका छन्  ।

तपाइँको प्रतिक्रिया ।