अव्यवस्थित कपन व्यवस्थित समस्या

अव्यवस्थित कपन व्यवस्थित समस्या
कपन अनलाइन 
काठमाडौ,भाद्र २५/विचार /कृष्ण भट्टराई

कपन भन्ने बित्तिकै साँघुरा गल्ली अव्यवस्थित सहरिकरण र फोहोर ठाउ भनेर नाक खुम्च्याउने थुप्रै भेटिन्छन , हुन पनि हाल येस्तै अबस्था छ कपनमा पानी पर्नै हुन्न बाढी अईहाल्छ ्र बाढीले कत्तिको घर डुवानमा पार्छ कत्ति स्कुले केटाकेटीको किताव बगाउछ र डाडा काडाको फोहोर ल्याएर थुप्रो लगाईदिन्छ ्रअहिले ठाउँ ठाउमा ब्यंग्य सुनिन्छ अव्यवस्थित कपन व्यवस्थित समस्या जुन हाम्रा लागी लाजमर्दो छ ।

चक्रपथ चाबहिल बाट नजिक र सहर सँगको नजिकैको बस्ति हो कपन , यहाँ वाट सबैतिर जान सहज भएर होला वा २०२८ सालमा चक्रपथ निर्माण तथा सहरी विकासले गोपीकृष्ण हल पछाडि प्लटिंग गरेपछि यतातिर बस्ति बिस्तार हुदै कपन तिर त्यस पश्चात हरियाली कपन डाडा तथा सुन्दर खेतीयोग्य जमिन क्रमस कंग्क्रीटको जंगलमा परिवर्तन हुदै गयो ।

करिव ५० को दशक देखि कपनमा बसाई सरी आउने क्रम हाल सम्म पनि जारि छ कपन यति चाडै बिकास हुनुको पछाडि यातायातको विकासले पनि हो किनभने कुनै बेला उपत्यकामै चर्चीत बालुवा खानीको कारणले गर्दा डोजर ट्रीपरको ठुलै लाईन लाग्थ्यो कपनमा जहाँ डोजर र ट्रीपर पुग्यो त्याहा २० फुटको बाटो अनि कहिँ ३ फुट पनि नपुग बाटोमा पनि ५(७ तल्लाको घरहरु न त पर्याप्त खुल्ला ठाउ अलि अलि भएका भएका पनि भूमाफियाको कब्जामा परेका छन  यसले धेरै समस्या सृजना गर्यो।

यस्तो अबस्था कति दिन सहन सक्ला कपनले उचित कानुनको अभाव वा मानवीय कमजोरीको कारण र थोरै पैशामा काठमाडौमा बस्ने चाहनामा मानिसहरुले खोल्सा खोल्सी डाडा पाखा केहि नभनी घर बनाउने तथा खोला पुरेर साना साना पाईप राखेर बाटो बनाउने काम भयो अनि त्यसैलाई विकास भंनेर राजनीतिको गरिखाने भाडो बनाईयो खोल्सा पुर्न हुन्न भन्ने सम्म कसैले बुझाउन सकेन बरु राजनीतिको दुनो सोझ्याउने काम भयो।
जे भयो गलत भयो अझ पनि विभिन्न ठाउमा यो काम जारि छ अबपनि यसलाई रोक्न सकिएन भने भोली त्यसले भयावह रुप लि ने निस्चित प्राय छ ।
समाधान के त रु कपनमा २ वटा खोला छन् जसले कपनलाई डुवाउदै आएका छन् दुवै जगडोल देखि आउछन यति लामो खोलामा १८ (३६ ईन्चका पाईपले थेग्न सक्ने कुरै भएन , कि ति पाईप निकालेर ठुला ठुला पईपको व्यवस्था गर्ने वा पाईप निकालेर खोला खोला नै रहन दिने र दुवै तर्फ करिडोर बनाउने काम अबिलम्ब गरिएन भने भोलि यसले भयावह रुप लिनेमा दुइमत छैन ।
यसमा नवनिर्वाचित जनप्रतिनिधिहरुले चासो नदेखाउनु भने रहस्य पूर्ण रुपमा हेर्न थालिएको छ ्र यो दीर्घकालीन समस्या हो यसलाई समयमानै समाधान गर्न तर्फ लाग्नु नै सम्पूर्ण कपनवासीको हितमा हुनेछ ।

 

 

तपाइँको प्रतिक्रिया ।