सांसद गगन थापाको कार्यालयको आयोजनामा भएको स्वास्थ्य सिविर सम्पन्न

सांसद गगन थापाको कार्यालयको आयोजनामा भएको स्वास्थ्य सिविर सम्पन्न

कपन अनलाइन

काठमाडौ,भाद्र २४ ।

सांसदको कार्यालय काठमाडौ क्षेत्र नम्बर ४ को आयोजना तथा अल्का अस्पताल प्रा लि जावलाखेल , जनता क्लिनिक , सिद्धेश्वोर बुढानिलकण्ठ सरोकार समाजको बिशेष सहयोगमा स्वस्थ रहौ! निशुल्क स्वास्थ्य परिक्षण गरौ ! भन्ने मूल नाराको साथमा आज बुनपा १० कपनमा रहेको  बाल उद्दार माबीको प्रांगणमा नि:शुल्क स्वास्थ्य सिबिर संचालन भएको छ ।

गाइनो ,दन्त सेवा , नाक कान घाटी ,हाडजोर्नी र जनरल सेवा उपलब्ध रहेको उक्त सिबिरमा नि:शुल्कस्वास्थ्य परिक्षण गरिनुको साथै नि:शुल्क औषधी पनि वितरण गरिएको थियो ।

उक्त स्वस्थ्य सिबिरको उद्धघाटन गर्दै क्षेत्र ४ का सांसद गगन कुमार थापाले स्वास्थ्य सिबिर संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए । आफु स्वास्थ्य मन्त्रि हुनु भन्दा अगाडी जनता क्लिनिक भन्ने सामाजिक अभियान  सुरु गरेको र  मन्त्रि हुदा त्यो क्लिनिकलाइ जनता स्वास्थ्य केन्द्र मा परिणत गरी सरकारको मातहतमा ल्याएको कुरा बताए । आफु मन्त्रि हुद्दाको छोटो समयमा स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गरेको बताएका थिए । यस्ता कार्यक्राम आगामी दिनहरुमा अन्य क्षेत्रमा पनि गरिने उनले बताए ।बुढानिलकण्ठ ण्ठ नगरपालिकामा स्वास्थ्य क्षेत्रमा धेरै कामको सूरुवात भएको उनले बताए ।

उक्त नि:शुल्क स्वास्थ्य शिबिर सुभारम्भ कार्यक्रमा बुढानिलकण्ठ नगरपालिकावडा १० का वडा अध्यक्ष नबराज भट्टराई ,अल्का अस्पताल का दन्त बिभागका दिलिप थापा, अल्का अस्पतालका अधक्ष्य कुमार थापा लगायत अन्य स्थानीय को बाक्लो उपस्थिति रहेको थियो ।

उक्त निशुल्क स्वास्थ्य शिबिरमा आज ५७२ जनाले स्वस्थ परिक्षण गराएका थिए जस अन्तर्गत

इ.सी ,जी तर्फ ३७ जना

हाड जोर्नी मा १२३ जना

दन्त सेवा तर्फ १२२जना

नाक कान घाटी तर्फ १३१ जना

गाइनो मा ६८ जना

र जनरल चेक अप तर्फ ९१ जनाले सेवा लिएको कुरा कपन अनलाइनलाइ रोहित पौडेलले बताए  ।

सिबिरमा जाच गराउन आउने बिरामीहरुको थप उपचार गर्नु पर्ने भएमा अल्का अस्पताल बिशेष सहुलियतका साथ् उपचार सेवा उपलब्ध गराउनुका साथै  आर्थिक अवस्था कमजोर भएका अशक्तहरुको लागि सिफारिश लिएर आएमा नि:शुल्क थप उपचार गर्ने कुरा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

 

तपाइँको प्रतिक्रिया ।