टोखा छहरे सडक खण्डमा बस दुर्घटना, आधा दर्जन बढी यात्रुको मृत्युको आशंका

टोखा छहरे सडक खण्डमा बस दुर्घटना, आधा दर्जन बढी यात्रुको मृत्युको आशंका

कपन अनलाइन 

काठमाडौं,भाद्र २४ ।

काठमाडौंको नयाँ बसपार्कबाट नुवाकोटको खरानीटार हिडेको यात्रु बाहक बस केहि बेर अगाडी टोखा छहरे सडक खण्डमा  दुर्घटना हुंदा लगभग आधा दर्जन बढी यात्रुको मृत्यु भएको आशंका गरिएको छ ।

बा. २ ख ६३४८ नम्बरको यात्रुबाहक बस बिहान ९.३० बजे नयाँ बसपार्कबाट ४० यात्रु सहित नुवाकोट हिडेको थियो । टोखा छहरे सडक खण्ड अन्तर्गत थानाभञ्ज्याङ निर घुम्तीको एउटा घरलाई ठक्कर दिएर बस सडक देखि निकै तल भिरमा खसेको  स्थानीयवासीले बताइएका  छन् ।

घटनाको बृस्तित बिबरण भने आइ नसकेको हुदा दुर्घटनामा  के कति हताहत भएका छन् र कति यात्रुले ज्यान गुमाए अधिकारीक तबर बाट अझै पूर्ण जानकारी प्राप्त भएको छैन ।

तपाइँको प्रतिक्रिया ।