कुमारीगाल टोल सुधार समाजमा नयाँ कार्यसमिति निर्वाचित
कपन अनलाइन
काठमाडौ,भाद्र १८ ।
कुमारीगाल टोल सुधार समाजले दुई बर्ष कार्यकालकाे लागी नयाँ नेतृत्वकाे कार्यसमिति चयन गरेको छ । २०७४ भाद्र १७ गते श्रम राष्ट्रीय माबी कुमारीगालमा भएको सातौ बार्षिक साधारण सभा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।
प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले समाज निर्माणमा सबैको भूमिका रहने हुदा आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न सके समाज र राष्ट्र परिबर्तन हुने बताएका थिए ।
कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले स्थानिय तहको निर्वाचनमा कामपा वडा नं. ७ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने २०७३ सालमा एस.इ.इ.परिक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी , समाजका परिवार मध्ये जेष्ठ नागरिकलाई सम्मान र टोल बिकासमा सहयोग गर्ने संस्था र महानुभाबलाई पनि सम्मान गरिएका थिए ।
कार्यक्रममा बोल्दै कामपा वडा नं. ७ समितिका अध्यक्ष सुद्ध कुमार डंगोलले वडा निर्माणमा टोल सुधार र सामाजिक सस्ठाहरुको महत्वपूर्ण भूमिका हुने हुदा ७ वडाले विकास निर्माण वा अन्य सामजिक कार्यमा ७ वडा भित्र रहेका टोल सुधार र सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा नेपाल स्काउट केन्द्रका राष्ट्रीय आयुक्त रबिन दाहाल, पशुपति विकास कोषका निर्देसक रमेश उप्रेती, टोल सुधार समाजका सल्लाकार टिका पराजुली लगायतका महानुभाबहरुले टोल सुधार समाजले आगामी दिनमा अझ राम्रा काम गर्दै टोल बासीहरुको पिर मर्काको सहयोगी बन्नका लागी आग्रह गरेका थिए ।
कुमारीगाल टोल सुधार समाजको सात अाै बार्षिक साधारण सभाको स्वागत मन्तब्य उपाध्यक्ष पवित्रा रिजालले गरेकी थिईन भने कार्यक्रमको सभापतित्व धुर्ब प्रसाद न्यौपानेले गरेका थिए ।
यसैगरी सात अाै बार्षिक साधारण सभाले २ वर्षका लागि १० सदस्यीय कमिटीको पनि चयन गरेको छ जसमा अध्यक्ष मुकुन्द अधिकारी, उपाध्यक्ष रेनु गिरी, सचिब शुशिला सेढाई, सह-सचिब प्रदिप खकुरेल, कोषाध्यक्ष कल्पना थापा पोखरेल, सदस्यहरु सुदर्शन अधिकारी, मुकुन्द प्रसाद खरेल, यादब राज मिश्र,राज किशोर महतो र कमला तिमिल्सिना भट्टराई रहेका छन् ।