नेपाल निजामती कर्मचारी संगठनको बाढी पिडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठनको बाढी पिडितलाई सहयोग

कपन अनलाइन 

काठमाडौ,भाद्र १४ ।

नेपाल निजामती कर्मचारी संगठन र कपन स्थित ओम सिद्धेश्वर टोल सुधार समितिले  बाढी पिडितलाई राहत सामग्री वितरण गरेका छन ।

सप्तरीको कृष्ण शवरन गाउँपालिकाका पुर्ण क्षति भएका घर सहित कंचनरुप नगरपालिकाका रधुनाथपुर,चर्खिया बरेवामा  ब्लांकेट १,झुल १ र सारी १ गरि बितरण गरिएको थियो । त्यस्तै  प्राकृतिक प्रकोपबाट मृत्यु भएका कमलु  सदाको परिवारलाई नगद १९०००० , र अन्य गर्भवती र किशोरीहरूहरुलाई कुर्ता सुरुवाल बितरण गरिएको थियो।

पुर्व खेलकुद मंत्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यता सम्पन्न भएको कृष्ण शवरन गाउँपालिकाको राहत बितरण कार्यक्रमको अधय्क्षता केन्द्रिय अध्यक्ष केदार देवकोटा ले गरेका थिए भने  बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईराला,  उपाध्यक्ष भवानी न्यौपाने दहाल,भागवत यादव,नौतम पोखरेल, सचिव भवानी खतिवडा र केन्द्रीय सदस्यहरुको पनि उपस्थिति  रहेको थियो।

प्रमुख जिल्ला अधिकारी,स्थानिय अधिकारी , जिल्ला जनस्वास्थ्य प्रमुख लगायत प्रहरी  प्रशासनमा अनुमति तथा जानकारी लिने दिने ,स्थान चयन गर्ने , राहतको सामाग्रीहरु खरिद तथा ढुवानी  गर्ने जस्ता ब्यवस्थापन नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय उपाध्यक्ष भवानी दहालको नेत्रित्वमा नेपाल निजामती कर्मचारी संगठन सप्तरी जिल्ला कार्यसमितिको बिशेष सहयोग रहेको दाहाले बताइन  ।

महासचिव रेवन्त गौतमले संचालन गर्नु भएको उद्घाटन कार्यक्रममा समाजसेवि नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने जिल्लाका मोर्चा प्रमुख सँगै सशस्त्र प्रहरी बल का स्थानीय प्रमुख गोविन्द बस्नेत तथा सम्बन्धित वडा सचिव समेतले महत्वपूर्ण सहयोग सहित उपस्थिति जनाएको एक सदस्यले बताए  ।

केहि पिडित त्यो दिन अनुपस्थित भएकाले भोलि पल्ट सशस्त्र प्रहरी निरीक्षक गोविन्द बस्नेतको सहयोग र स्थानीय स्वास्थ्य संस्था प्रमुख निरन्जन यादवको सहयोगमा केन्द्रीय उपाध्यक्ष भवानी न्यौपाने दहाल बाट बितरण गरिएको थियो।

यसैगरी भाद्र १० का दिन नेपाल निजामती कर्मचारी संगठन रामनारायण महतो,सचिव धरमेन्द्र खड्का  र सप्तरी जिल्ला सिबिए सदस्य दिपराज आचार्य लगायतका कर्मचारीहरुको सहयोगमा कंचनरुप नगरपालिका र कोइलाडिमा केन्द्रीय उपाध्यक्ष भवानी न्यौपाने दहाल कै नेत्रित्व मा राहत बितरण गरिएको थियो।

राहतको सामाग्रीहरु सप्तरीमा नै खरिद गरिएको थियो र संगठनले गर्ने लगभग २ लाख बराबरको सहयोगमा थप १०,००० बराबर सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिकाकपन स्थित ओम सिद्धेश्वर टोल सुधार समितिले गरेको थियो ,१५ सेट कुर्ता सुरुवाल अमुल बस्त्रालय राजविराज ले र नगद रु १६५०० नेपाल निजामती कर्मचारी संगठन स्रम मंत्रालय बाट  , सप्तरी संगठन बाट १००० , केन्द्रीय अध्यक्ष बाट ५०० र केन्द्रीय विपद व्यवस्थापन बिभाग प्रमुख बाट १००० समेत प्राप्त भएको दाहालले जानकारी दिईन ।

 

तपाइँको प्रतिक्रिया ।