कीर्तिपुर नगरपालिका वडा नं.६ का योजना तथा कार्यक्रमहरु

कीर्तिपुर नगरपालिका वडा नं.६ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र १२।

कीर्तिपुर नगरपालिका वडा नं.६ का मुख्य तथा सहायक सडक हरुको विस्तार ,मर्मत ,सुधार र निर्माण गरी सहज यातायातको व्यवस्था गर्दै वडालाई पर्यटकीय केन्द्र बनाउने मुख्य योजना रहेको वडा अध्यक्ष न्हुछे नारायण महर्जनले बताए ।

यस्ता मुख्य तथा सहायक सडक तर्फ राजेश कटुवालको घर देखी कार्की गाउँ सम्म बाटो ढलान गर्ने, कटुवाल गाउँ हुदै कार्की गाउँ जाने गारेटो बाटो स्तरउन्नती गर्ने, सितङल जात्रा बाटो निर्माण गर्ने, चिहान डाडामा रिटेनिङ वाल र बाटो निर्माण गर्ने, दक्षिकाली मुख्य सडकबाट बराह घाट जाने बाटो स्तरउन्नती गर्ने, भुतखेल स्वास्थ चौकी देखी अमृत कार्कीको घर सम्म बाटो निर्माण गर्ने, आदिनाथ मन्दिर क्षेत्रमा ढङगा छपाइ र ढल निर्माण गर्ने, टौदह सडक कार्की गाउँ हुदैँ देवीस्थान जोड्ने बाटो मर्मत गर्ने टौदह पोखरीबाट पूर्व पट्टिको कच्ची बाटो स्तर उन्नती गर्ने, मुल सडक पानी टयान्कीबाट नगरकोटी टोल सम्म कच्ची मोटर बाटो स्तरउन्नती गर्ने, चुइगाउमा घाट जाने बाटो स्तर उन्नती गर्ने, चारघरे राजेस बुढाथोकीको घर देखी गाउँ भित्र जाने बाटो स्तर उन्नती गर्ने, लनगोल टोल भित्रको भित्रि बाटोमा ढुङगा छाप्ने, खत्री छापभित्रको ढुङगा छाप्ने अधुरो काम पुरा गर्ने, राम शरणको घर देखी आदिनाथ मन्दिर जाने बाटो मर्मत गर्ने, चोभार गल्छी नजिक तथा दक्षिणकाली बाटोमा स्वाग तद्धार निर्माण गर्ने र राम बहादुर कटुवालको घर हुदै आदिनाथ मावी सम्म बाटो ढलान गर्नुका साथै स्तरउन्नती गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।

वडामा खानेपानीको खासै समस्या नरहेको र यस वडामा भएका पानीको श्रोत संरक्षण गर्ने साथै दुई वटा बोरिङ पनि संचालन गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले ले बताए ।

जेष्ठ नागरिकलाई सुगर र प्रेसरको औषधी निशुल्क दिन पहल गर्ने साथै उनिहरुको सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्याउने योजना वडा नं. ६ ले बनाएको छ ।

वडा नं ६ भित्र रहेको सार्वजनिक जग्गा संरक्षण गर्ने, साइकिलिङ कोन्ट्रा नियमित मार्ग बनाउने, खेलमैदानमा  बास्केटबल र फुटबल मैदान बनाउने, चोभार डाडा बस स्टप नजिक र आदिनाथ मन्दिरमा सार्वजनिक शौचालय बनाउने, सौर्य बत्ती जडान गर्ने र वडा कार्यलयमा सिसिटिभि जडान गरी व्यवस्थित गर्ने योजना वडाले बनाएको छ ।

वडाको  शैक्षिक गुणस्तर वृद्धिको लागी आवश्यक सुधार गर्न पहल गर्ने र महिलाहरुलाई सिपमुलक र  आयआर्जनको विकास गर्न मद्दत पुग्ने तालिम दिने योजना वडा नं.६ ले बनाएको छ ।

वडा नं ६ मा रहेको ऐतिहासिक मठ मन्दिर संरक्षण गर्ने, फुलबारी टोलको सामुदायिक भवनमा तल्ला थप  गर्ने ,पुरबोट स्थिपाटीको चौतारा पुन निर्माण गर्ने, आदिनाथ देवता नुहाउने डबली अगाडिको पाटी निर्माण गर्ने, आदिनाथ चिवहाँ स्तुपा निर्माण गर्ने, चोभार माइ लाइब्रेरी २ वटा साविक १३,१४ मा निर्माण गर्ने, चारघरेबासीहरुको घाट निर्माण, गृठ बासीहरुको घाटमा पाटी निर्माण, गरुड स्थान मन्दिर जिर्णोद्धार गर्ने टौदहको आँखे पोखरी संरक्षण गर्ने र पर्यटनको प्रचुर संभावना बोकेको यस वडाको गुरुयोजना बनाएर कार्य गर्ने वडा अध्यक्ष महर्जनले बताए ।

वडामा सेवा लिन आउने सेवाग्राहीहरु लाई मुस्कान सहितको छिटोछरिटो सेवा प्रदान गर्ने योजना बनाएको वडा नं ६ मा अध्यक्ष महर्जनको साथमा उत्तम नेपाल, सुनिल डङगोल, मन्जु बुढाथोकी र मैना रोक्का जनप्रतिनिधि रहेका छन ।

तपाइँको प्रतिक्रिया ।