आइफोन एट सेप्टेम्बर १२ मा

आइफोन एट सेप्टेम्बर १२ मा

कपन अनलाइन 

एजेन्सी भदौ १० । अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा टिकेको छ । एक समाचार अनुसार अब ग्याजेटप्रेमीहरुले आइफोन एटका लागि पनि धेरै प्रतिक्षा गर्नुपर्नेछैन । आइफोन एट आगामी सेप्टेम्बर १२ तारेखमा सार्वजनिक हुने बताइएको छ ।

आइफोनले सोही मितिमा आफ्नो आइफोन सेभेन एस, आइफोन सेभेन एस प्लस र आइफोन एट स्मार्टफोन सार्वजनिक गर्नेछ । लञ्चिङको एक–डेढ हप्तापछि नै यसको बिक्री सुरु हुनेछ । स्मरण रहोस् एप्पलको परम्परा अनुसार उसले आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गर्दछ र शुक्रबारदेखि बिक्री सुरु गर्दछ ।

आइफोन एट लञ्चको सँगसँगै एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।आइफोन एटमा फेस सेन्सर लक तथा इन्डक्टिभ चार्जिङ लगायतका फिचर हुनेछन् ।

 

तपाइँको प्रतिक्रिया ।