नेपाल स्काउटको कार्य समिति भंग नगर्न सर्वोच्च अदालतको सरकारलाई अन्तरिम आदेश

नेपाल स्काउटको कार्य समिति भंग नगर्न सर्वोच्च अदालतको सरकारलाई अन्तरिम आदेश

कपन अनलाइन

काठमाडौं,भाद्र ९गते ।

नेपाल स्काउटको कार्य समिति भंग नगर्न सर्वोच्च अदालतले  सरकारलाई अन्तरिम आदेश दिएको छ । युवा तथा खेलकुद मन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावली अनुसार सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो ।

चार वर्षका लागि निर्वाचित स्काउटको कमिटी भंग गर्न नहुने भन्दै प्रमुख आयुक्त रबिन दाहाल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुक्रबार न्यायाधीश केदार चालिसेको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म स्काउटको कमिटी भंग नगर्न आदेश दिएको हो । सर्वोच्चले यस सम्वन्धमा दुबै पक्षलाई झिकाउने निर्णय पनि गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।