चन्द्रागिरी नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र ४ ।
चन्द्रागिरी नगरपालिका वडा नं ३ का मुख्य तथा सहायक सडकहरुको विस्तार ,मर्मत,सुधार र निर्माण गरी वडाको पहिचान दिने धरोहरहरुको प्रवर्धन गर्दै वडा लाई नमुना वडा बनाउने मुख्य योजना रहेको अध्यक्ष दुर्गालाल महर्जनले बताए ।
चन्द्रागिरि नगरपालिका वडा ३ का सडक तर्फ देवकृष्ण घर देखी कुवर टोल सम्म बाटो ढलान, माटिखेल थापाको घर अगाडि पश्रिम पट्टी बाटो ढलान गर्ने , कुमालेको घर देखी चर्च मार्ग बाटो ढलान, कृष्ण खड्काको घर देखी मिनाको घर सम्मको बाटो ढलान (गणेश थान) प्रगति टोल बाटो ढलान, जकु देखी डोखुसी सम्म बाटो ढलान, मदनको घर देखी राजेन्द्र श्रेष्ठको घर सम्म बाटो ढलान, पार्क अगाडि देखी आयल निगम निस्कने गोरेटो बाटो ढलान गर्ने, कालिकास्थान बाटो ढलान, गलवन सोना मगरातीको घर देखी जुनु पाख्रीनको घर सम्म बाटो ढलान, मिनाको घर देखी आनन्दको घर सम्म बाटो मर्मत गर्ने, प्रकाश केबुल अगाडिको बाटो बस्ती ढलान, सुनौलो बस्ती बाटो सुधार गर्ने, टाक्चा टोलमा बाटो ग्राबेल गर्ने सानो मटि खेल बाटो र अर्जुनको घर मुनि देखी किरणको घर सम्म बाटो ढलान गर्ने, सम्रदी टोल र चिहान जाने बाटो ढलान, टोटीटोल भगवान बुद्धको मन्दिर उक्त बाबु महर्जनको घर पट्टि ढलान, दुरसन्चारको पर्खाल हुदै गणेश स्थान निस्कने गोरेटो बाटो सुधार गर्ने, विष्णु भक्त गोपालीको घरबाट त्रिभुवन पार्कको गाडि पार्किङ पछाडिबाट दुर सञ्चार अफिस सम्म ढलान, मंगलोदय मावि पछाडी इनार नजिक बाटो विष्णु महर्जन घरसम्म ढुङगा छाप्ने, बालकृष्ण श्रेष्ठको घर देखी पश्चिम तर्फ गौतम गोपालीको घर सम्म बाटो ढलान गर्ने र अन्य शाखा र शहायक मार्ग आवश्यकता हेरि मर्मत सुधार गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए ।
वडामा रहेको खानेपानीको लागि धारा संरक्षण गर्ने, भएका इनार संरक्षण गर्ने, रिजर्भ टयान्की निर्माण गर्ने बोरिङलाई व्यवस्थित गर्ने र वडा स्तरीय खानेपानी उपभोक्ता समिति मार्फत पाइप लाइन विस्तार गर्ने योजना वडा नं.३ ले बनाएको छ ।
जेष्ठ नागरिकलाई देव दर्शन गराइ सम्मान गर्ने र सामाजिक सुरक्षा भत्ता अशक्तलाई घरघरमै पुर्याउने पहल गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए । मङलोदेवी मावीमा ट्रस्ट निर्माण गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।
वडामा रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने, मुख्य चोकमा सौर्य बत्ती जडान गर्ने, कार्यालय व्यवस्थित गर्ने, सार्वजनिक जग्गामा शौचालय बनाउने योजना वडा नं. ५ले बनाएको छ ।
वडा भित्र रहेको धार्मिक तथा संस्कृतिक सम्पदाहरु संरक्षण गर्ने र ऐतिहासिक पुरातत्व बोकेका मठ मन्दिर, पाटीहरु संरक्षण गरि आवश्यकता हेरी मर्मत गर्ने योजना वडन नं.५ले बनाएको छ ।
वडामा रहेका महिलालाई सीपमुलक र आयमुलक तालीम संचालन गर्ने योजना रहेको वडा अध्यक्ष महर्जनले बताए । युवा लक्षित कार्यक्रम तर्फ रचनात्मक र सृजनात्मक गतिविधि ,खेलकुदका गतिविधि संचालन गर्ने अध्यक्ष महर्जनले बताए ।
वडामा रहेको शैक्षिक गुणस्तरको लागि आवश्यक पहल गर्ने, फोहोर व्यवस्थापनमा स्थानीय संग समन्वय गरी अघि बढ्ने र जनतालाई विकास मार्फत करको महत्व बझाउने योजना वडाले बनाएको छ । वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको छिटोछरितो सेवा प्रधान गर्ने योजना वडाले बनाएको छ ।