क्रिस्टियानो रोनाल्डोलाई कारबाही, लाग्यो पाँच खेलको प्रतिबन्ध

क्रिस्टियानो रोनाल्डोलाई कारबाही, लाग्यो पाँच खेलको प्रतिबन्ध

कपन अनलाइन 

एजेन्सी ३१ साउन । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पाँच खेलका लागि प्रतिबन्ध भएका छन् । आइतबार भएको क्लासिको खेलमा उनलाई रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीलाई धकेलेका थिए । रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। 

सुपर कपको पहिलो लिग खेलमा बार्सिलोनालाई पराजित गर्न सफल प्रशिक्षक जिनेदान जिदानको टोलीलाई यस निर्णयले कत्तिको नोक्सान गर्ने हो आउने खेलहरुको नतिजाले नै बताउनेछ । खेल एकएक गोलको बराबरी रहेको थियो ।

सब्सिच्युटमा आएमा रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, डाइभ गरेको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेलो कार्ड देखाएका थिए ।

उनले प्रतिक्रिया स्वरुप रेफ्रीलाई पछाडिबाट धकेल्ने काम गरेका थिए । अब उनले सुपर कपको दोस्रो लिग खेल्न पाउने छैनन् । त्यस्तै लालिगाका सुरुवाती चार खेल पनि गुमाउनेछन् । उनलाई अपिलका लागि १० दिनको समेत दिइएको छ । तर, सजाय कम नहुने फुटबल समिक्षकहरुको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।