नेपाली चलचित्र “हुर्रे”छयांकन भाद्र पहिलो साता बाट हुने
कपन अनलाइन
काठमाडौ,साउन २२ ।
नेपाली चलचित्र “हुर्रे” को आज एक पत्रकार सम्मेलन गरी निर्माण घोषणा गरिएको छ ।आज काठमाडौं बानेश्वरको अर्याल होटलमा आयोजित कार्यक्रममा कलाकारको परिचय सहित औपचारिक सुभारम्भ गरिएको थियो ।
कार्यक्रममा गीतकार राजेन्द्र थापा ,निर्देसक आकास अधिकारी ,निर्माता तथा कलाकार असोक शर्मा लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।यम थापाको लेखन र निर्देसनमा बन्ने चलचित्र हुर्रे डार्क कमेडी चलचित्र हो ।
दावा शेर्पाको प्रस्तुति रहेको चलचित्र हुर्रेको भाद्र महिना बाट छायांकन सुरु गरिने चलचित्र लाई सोनाम ब्लोन लामा र छिरिंग दोर्जे लामाले निर्माण गर्न लागेका हुन् ।यस चलचित्रमा अनुप् विक्रम शाही ,केकी अधिकारी ,राजाराम पौडेल, प्रकाश घिमिरे ,विजय वराल ,अंकित खड्का ,संगीता नापित ,उपदेस तिमिल्सिना लगायतका कलाकारको अभिनय रहने छ ।
काली प्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत रहने चलचित्रमा शिव ढकालको छायांकन रहने छ । चलचित्रमा द्वन्द निर्देसक रोशन भट्टराई र नृत्यमा बिक्रम सुवार रहेका छन ।
यस चलचित्रलाई काठमाडौंको पशुपती मन्दिर आसपास छायांकन गरिने र आगामी चैत्र सम्म प्रदर्सन गरिने चलचित्रका निर्माता लामाले जानकारी दिए ।