नागार्जुन नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु

नागार्जुन नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २१ ।

नागार्जुन नगरपालिका वडा नं ३ भित्र रहेका मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार र विस्तार गर्दै वडाका सबै स्थानमा सहज यातायातको व्यवस्था गर्ने मुख्य योजना रहेको वडा नं ३ का अध्यक्ष प्रेमलाल श्रेष्ठले बताए ।

यस वडाका मुख्य तथा सहायक सडकहरुमा स्वयम्भू बाट इचङु नारायण मन्दिर हुँदै चिसापानीको बाटो स्थानीय सङ छलफल गरी  ११ वा ८ मिटर कायम गरि मर्मत  गर्ने , स्वागत मार्गमा ढलान गर्ने , सारुङ डाडा नया बाटो खोल्ने , ढलोङे पुल जिर्ण भएकालेे नया बनाउने , डाइमण्ड मार्ग ढलान गर्ने जुगु मार्ग ढलान गर्ने , वडा कार्यलय जोड्ने बाटो र वडा २ र३को सिमाना बाटो ढलान गर्ने , चिसापानी बाटो ढलान सहित पुरानो बस्तिको बाटो मर्मत र स्तरुन्नती गर्ने ,जुङे खोला बाटो ढलान ,भ्यु टावर जाने पाचधारा साइड ड्रेन बनाइ एकता बस्ती बाटो ढलान गर्ने ,शान्ती मार्ग बाटो ढलानगर्ने  र पुरुषोत्तमको घर देखी  पुरानो पुतवार बस्ती बाटो ढलान गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं ३ को खानेपानीको समस्या समाधानको लागी धनदेवी  मन्दिरमा डिप बोरिङ गर्ने , तीन धारामा डिप बोरिङ गरी सकिएको  र अन्य स्थानमा पनि डिप बोरिङ आवस्यकता हेरी  ब्यबस्थित रुपमा संचालन गर्ने र वडामा भएका मुहान संरक्षण र मर्मत गर्ने योजना वडा नं ३ ले बनाएको छ ।

वडा नं ३ मा रहेका धार्मिक र पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवर्धनको विशेष कार्यक्रम बनाएको अध्यक्ष श्रेष्ठले बताए ।जसमा इचङु नारायण मन्दिर हल्चोकको भैरब मन्दिर बद्रीनाथ केदारनाथ मन्दिर संरक्षण गर्ने, वीर भगवती मन्दिर , एतिहासिक धनदेबी मन्दिर जलेश्वर र आकाश देवी  मन्दिर संरक्षण गर्ने योजना वडा नं ३ ले बनाएको छ  ।

जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने र सेवाग्राहीलाई मुस्कान सहितको छिटोछरितो सेवा दिई सुशासन कायम गर्ने अभियानमा लागेको अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं ३ मा रहेको स्वस्थ्य चौकीमा डाक्टर सहितको सेवा दिलाउने र भबिस्य मा ५ सैयाको सानो उपचार केन्द्र स्थापना गर्नुका साथै बेलाबेलामा स्वस्थ्य शिबिर संचालन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

लक्षित अव्र्ग्को बजेट र कार्यक्रम तर्फ महिला र युबालाई शिपमुलक तालिम दिने र रोजगार सृजना गर्ने योजना वडा नं ३ ले बनाएको  छ ।

वडा नं ३ मा रहेको सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने र रातमाटे हाइटमा भ्यु टावर बन्दै हुनाले त्यहा होम स्टे संचालन गरि संस्कृती  र पहिचान झल्काउने काम गर्नुका साथै बतासे बाट भ्यु टावर सम्म आकर्षक साइकलिङ मार्गमा बिकास गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

वडा को वातावरण संरक्षण गर्दै सुरक्षाको लागी सौर्य बत्ति मुख्य चोक र सडकमा जडान गर्ने योजना वडाले बनाएको छ ।

वडामा सार्बजनिक सौचालय निर्माण गर्ने र भद्रमती खोलामा ढल मिसाउन नदिने साथै नया घर बन्द एक घर दुई बिरुवा रोप्नुपर्ने योजना सुरु गर्ने अध्यक्ष श्रेष्ठले कपन अनलाइनलाई बताए ।

शिक्षा तर्फ  शैक्षिक गुणस्तर सुधारको लागी आवश्यक पहल गर्ने र वडामा पारदर्शी रुपमा कार्य सम्पन्न गर्न र जनतालाई अधिक सेवा प्रदान गर्न सिसिटिभि जडान भैसकेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।