तारकेश्वर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ७ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन १५ ।

तारकेश्वर नगरपालिका वडा नं ७ का सम्पूर्ण सहायक सडकहरुलाई मुख्य सडक संग जोडेर वडामा सहज आवागमनको व्यवस्था गर्ने वडा नं ७ को मुख्य योजना रहेको वडा अध्यक्ष सानुकाजी खत्रीले बताए ।

यस्ता सडकहरुमा जोड्ने नागपोखरी देखी खुलालटार , नागपोखरी देखी थापाटोल, नागपोखरी देखी काभ्रेस्थली, टुसाल नयाँबस्ती भित्री बाटो ,खत्री टोल जाने बाटो ,खड्का भञ्ज्याङ् ढकाल डाडा जाने बाटो ,खड्का टोल बाट साङ्ले टोल बाटो ,खड्का टोल बाट महादेव खोला जाने बाटो ,मुल बाटो बाट कार्की थोक जाने बाटो मुल बाटो ,खत्री टोल जाने बाटो, राम मन्दिर बाट साङ्ला जोडिने बाटो, चिम्बर पोखरी बाट पाखुरे डाडा जोडिने बाटो र भगवान पण्डितको घर बाट कार्की थोक जाने बाटो प्राथमिकतामा राखिएको वडा अध्यक्ष खत्रीले बताए ।

लक्षित बर्गको कार्यक्रम तर्फ युवाहरुलाई लक्षित गरी रोजगार मुलक र शिप मुलक  तालीम संचालन गर्नुका साथै खेलकुद र अन्य रचनात्मक गतिविधि संचालन गर्ने योजना वडाले बनाएको छ ।महिला लक्षित कार्यक्रम तर्फ आयमुलक तालिमहरु संचालन गर्ने योजनामा वडा नं ७ रहेको छ ।

जेष्ठ नागरिकहरुका लागी अनुभव साटफेर गर्न एउटा भेटघाट चौतारी निर्माण गर्ने योजनामा वडा नं  ७ रहेको छ भने वडाका सम्पूर्ण सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी उचित संरक्षण र प्रयोगको योजना बनाउने अध्यक्ष खत्रीले बताए । यस्ता सार्वजनिक जग्गाको अभिलेख संकलन पश्चात उचित स्थानमा सामुदायिक संरचना निर्माण गर्ने योजना वडाले बांएको छ ।

वडा का पुरातात्विक र धार्मिक सम्पदा संरक्षणको विशेष योजना वडाले बनाएको छ जसमा महालक्ष्मी मन्दीर र नाशल चोकमा रहेको गणेश मन्दिर संरक्षण पहिलो प्राथमिकतामा परेका छन ।

वडाका विभिन्न स्थानहरुमा सौर्य बत्ती जडान गर्ने योजना वडा नं ७ को रहेको छ भने विपद बय्वास्थापनका लागी वडाका संघ संस्थाका प्रतिनिधि र वडावासीहरुलाई तालिम प्रदान गरिने अध्यक्ष खत्रीले बताए ।

वडामा रहेको खानेपानीको समस्या समाधानका लागी वडावासीहरुको भेला डाकेर उचित र दिगो योजना निर्माण गर्ने वडा अध्यक्ष खत्रीको भनाई रहेको छ ।

वडा नं ७ का विद्यालयहरुलाई उचित सहयोग गरी वडाको शैक्षिक सुधारमा जोड दिने वडाले जनाएको छ । यसका साथै वडाको समग्र विकासका सम्भावना र चुनौतीहरुको वृस्तृत अध्यन गरी नमुना वडा बनाउन पहल गर्ने अध्यक्ष खत्रीले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।