यस्तो छ रणवीर-दीपिका ब्रेकअपको हल्लाको वास्तविकता

यस्तो छ रणवीर-दीपिका ब्रेकअपको हल्लाको वास्तविकता

कपन अनलाइन 

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह यतिबेला चर्चाको शिखरमा छन् । उनी चर्चामा आउनुको कारण कुनै फिल्मका कारण भने होइन । उनी आफ्नी गर्लफ्रेंड दीपिका पादुकोणसँगको ब्रेकअपको विषयलाई लिएर चर्चामा आएका हुन् । हालका दिनमा रणवीर र दीपिका पादुकोणको खबर मीडिया आगो जसरी फैलिरहेको छ कि दीपिका र रणवीरको ब्रेकअप भयो । यद्यपी सत्य के हो ? कसैलाई पनि थाहा छैन । आखिर के कारण उनीहरुबीच दुरी बढ्यो भन्ने पनि थाहा छैन ।

बताइएअनुसार ‘बाजीराव’ र आफ्नी ‘मस्तानी’ अलग भएका छन् । यस खबरले यस जोडीको फ्यानहरुलाई समेत दु:खी बनाएको छ । तर, जुन खबर बाहिर आएको छ त्यसले पनि अर्कै भनिरहेको छ । वास्तवमा यी दुईबीचको ब्रेकअप भएको छैन । यो त दुईबीच बनाइएको रणनीति मात्र भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बताइएअनुसार रणवीर र दीपिकाबीच कुनैपनि मनमुटाव भएको छैन तर दुवै जना आ-आफ्नो कामका व्यस्त भएका कारण समय दिन पाइरहेका छैनन् । सोही कारण यी दुई अलग भएका हुन् ।

तपाइँको प्रतिक्रिया ।