फिफा विश्व वरियतामा नेपालले सुधार गर्दै १७१ औं

३० चैत,काठमाडौ। विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो 1-fifa-logoस्थानमा उक्लिएको छ ।
नेपाल गत महिनाभन्दा तीन स्थान माथि उक्लिदै आफ्नो अङ्क तालिकामा १०८ अङ्क बनाएको हो ।

नेपाल १७४ औं स्थानमा रहेको थियो । हालै काठमाडौँमा सम्पन्न एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले पराजित गरेको थियो । बङ्गलादेशसँग २–० गोलले पराजित भएको नेपालले प्यालेस्टाइनसँग गोलरहित बराबरी खेलको थियो ।

फिफाले हरेक महिना वरियता सार्वजनिक गर्दछ । सार्क मुलुकहरूमा द्वन्द्वबाट आक्रान्त मुलुक अफगानिस्तान शीर्ष स्थानमा छ । अफगानिस्तान दुई स्थान माथि उक्लिएर १३९ औँ स्थानमा छ ।

विश्व वरियतामा स्पेन पहिलो, जर्मनी दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन् ।

तपाइँको प्रतिक्रिया ।