निलो माइक्रो वस सेवा संग कपनवासी आक्रोशित

निलो माइक्रो वस सेवा संग कपनवासी आक्रोशित

कपन अनलाइन 

काठमाडौ,साउन ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ (कपन) का  वासिन्दाहरु ति स्थानमा संचालन हुने निलो माइक्रो वसको सेवा वाट असन्तुस्ट बनेका छन । निलो माइक्रो वसले दिदै आएको सेवा स्थानीयवासीलाई सहज र उपयोगी नभएको गुनासो बढ्दै गएको छ । सिमित संख्यामा मात्रै संचालन गरिएका माइक्रो वसले सुविधा भन्दा पनि सास्ती दिएको भन्दै कपनवासीहरु आक्रोशित बनेका छन ।

सिमित संख्यामा मात्रै कपन रुटमा संचालन भएका यस्ता माइक्रो वसले यात्रुको समस्या र समय भन्दा पनि आफ्नो अनुकुलमा सेवा नभई  पैसाको लागी मात्रै संचालन गरे झैँ लाग्ने एक स्थानीयवासीले कपन अनलाइन बताए ।

विहान स्कूल ,कलेज जानेका लागी सर्वसुलभ रुपमा पाइनु पर्ने सवारी साधन उचित समयमा उपलव्ध नहुदा अध्ययन र अन्य महत्वपूर्ण कामहरु छुटेको र यसले समय तालिका बिगारेको एक विद्यार्थीको आक्रोस थियो ।

विद्यार्थी कार्ड बोकेका यात्रुहरुलाई सकेसम्म चढाउन नमान्ने र लामो दुरीको यात्रा गर्ने यात्रुहरुलाई पनि सेवा दिन अनिच्छा व्यक्त गर्ने चलन रहेको एक विद्यार्थीले आक्रोश पोखे ।

निलो माइक्रो वसको सेवा प्रति सबै भन्दा धेरै गुनासो रत्नपार्क बाट यात्रा गर्ने यात्रुहरुको रहेको छ । रत्नपार्क बाट यात्रु चढेर सिधै कपन आउदा थोरै भाडा  मात्र आउने भएकोले प्राय माइक्रो वसहरुले त्यहाँ कपनको बोर्ड झिक्ने र चावहिल वा अन्य छोटो दुरीका  यात्रु बोलाउने गरेका छन । यसले गर्दा रत्नपार्क बाट यात्रा गर्ने यात्रु अपायक स्थानको सवारी प्रयोग गर्न बाध्य बन्छन ।क्षमता भन्दा बढी यात्रु राखेर चलाउदा यस्ता सवारी साधनमा जोखिमयुक्त यात्रा गर्न स्थानीय बाध्य बनेका छन ।

हाम्रै सेवाको लागी संचालन भएको सवारी आफनै लागी सास्ती बनेको छ यसको समाधान चाडै खोज्नु पर्छ अन्यथा यात्रुहरु आफै विरोधमा उत्रिन बाध्य हुनेछन माइक्रो वस पर्खिरहेका एक यात्रुले कपन अनलाइनलाई आक्रोश पोखे ।

हामीलाई सबै भन्दा अफ्ट्यारो र असहज यस्ता माइक्रो वसका चालक र सह चालकको भाषा लाग्दछ उनीहरु आफ्नो सवारीमा कस्ता यात्रु छन भन्ने हेक्का नराखी अस्लिल भाषा प्रयोग गर्दछन जुन हामीलाई असहज हुन्छ तरपनि सहनुको विकल्प छैन माइक्रो पर्खिरहेकी एक छात्राले दुखेसो व्यक्त गरिन ।

यी माइक्रो वस प्रति लाग्ने अर्को आरोप भनेको गतिको रहेको छ । धेरै माइक्रो वसको गति तीव्र हुने र यसले यात्रुको ज्यान जोखिममा पर्ने गरेको छ । अन्यन्त प्रज्वलनशील पदार्थ ग्यासले चल्ने यस्ता साधन दुर्घटना हुदा यात्रुहरुको ज्यान जोखिममा पर्ने सम्भावना अन्यन्त धेरै हुने गरेको छ । तीव्र गतिमा कुद्ने यस्ता साधनले पैदल यात्रुको ज्यान पनि जोखिममा पारेको छ ।

यो जनगुनासोका वारेमा जनप्रतिनिधिहरुलाई कपन अनलाइनले जिज्ञाशा राख्दा यसको वारेमा माइक्रो वस संचालक समिति संग कुरा गरिएको र गुनासो सम्बोधनको आस्वासन पाएको बताए । यस भन्दा अगाडी पनि धेरै पटक डेलिगेसन गएका स्थानीयहरुले आस्वासन पुरा हुनेमा शंका व्यक्त गरेका छन ।

यस समस्याको समाधान गर्नका लागी सवारी संख्या थप्ने र प्रत्यक सवारीमा डिजिटल बोर्ड जडान गरी समय तालिका निर्धारण गरे हुने एक यात्रीको सुझाव रहेको छ । यस क्षेत्रमा कपन बंगलामुखी ,संयुक्त सेतो माइक्रो आदिले सेवा दिदै आएका  छन ।

 

तपाइँको प्रतिक्रिया ।