चम्पादेवी गाउपलिका वडा नं ९(ओखलढुंगा )का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाण्ड,साउन ८ ।
चम्पादेवी गाउपलिका वडा नं ९ को शेरावेसी -मिश्र भन्ज्यांग -श्रीचौर सम्मको बाटो निर्माण गरी यातायात संचालन गर्ने प्रमुख योजना रहेको वडा नं ९ का अध्यक्ष झम्कहरी बडालले बताए ।
वडाका अन्य सडकहरुमा घोराखोरी -धुसेनी -मिश्र भन्ज्यांग सम्मको बाटो रहेको छ जसलाई मर्मत गरेर स्तरउन्नति गर्ने योजना वडाले बनाएको छ ।क्रमागत योजनामा परेको यस बाटोको करिव १० किलोमिटर निर्माण गर्न बाकी रहेको छ ।
ओखलढुंगा जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल चम्पादेवी मन्दिरको नाम बाट नामकरण भएको यस गाउपालिकाको वडा नं ९ लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना रहेको अध्यक्ष बडालले बताए ।
यस वडाको खानेपानी समस्या समाधानका लागी करिव २ करोडको लगानीमा छाप कटेरी -मुहान गढी बाट खानेपानीको पाइप विस्तार गरी डल्लीडाँडामा ट्यांकी निर्माणको चरणमा रहेको वडाले जनाएको छ ।यसमा करिव २६०० मिटर पाइप बिछाइएको छ ।
चम्पादेवी वडा नं ९ को भोटे चौरमा रहेको ऐतिहासिक गुम्बा भूकम्पले गर्दा क्षति ग्रस्त भएकोले त्यसको निर्माण गर्ने योजना वडाले अगाडी सरेको छ ।यसको नमुना बनाउनका लागी ५ लाख विनियोजन गरिएको छ ।
वडामा रहेका २ वटा विद्यालयहरुको तह वृद्धि गर्ने योजना वडाको रहेको छ जसमा मिश्र भन्ज्यांगमा रहेको जीवन ज्योती आधारभूत विद्यालयलाई मावी र डल्लीडाँडामा रहेको डल्ली डाँडा प्रावीलाई आधारभूत तहमा लैजाने योजना वडा नं ९ को रहेको छ ।
वडामा रहेको स्वास्थ्य चौकीको स्तर उन्नतिका लागी जग्गा उपलव्ध गराएको र भवन निर्माणको तयारी भैरहेको वडाले जानएको छ । साथै लक्षित बर्गका कार्यक्रम तर्फ शिपमुलक र आयमुलक तालिम संचालन गर्ने योजना वडाले बनएको छ । यसमा सुत्केरी भेट र पोषण युक्त खाना वितरण लगायतका कार्यक्रम रहने अध्यक्ष बडालले बताए ।