कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का प्रत्येक टोलको आफ्नै छुटै बिबिधता र विशेषता भएको हुनाले बस्ती बस्तीमा भेला गरेर जनताको सल्लाह र सुझाव अनुसार वडा विकासको योजना निर्माण गर्ने वडा नं ६ क अध्यक्ष प्रकाश फुँयालले बताए ।
यस वडाका सहायक सडकहरुको मर्मत र सुधार गरी हिलो मुक्त बनाउने योजना रहेको अध्यक्ष फुँयालले बताए ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बैंकिंग प्रणाली अन्तर्गत दिने र बैंक सम्म आउन नसक्ने जेष्ठ नागरिकहरुलाई घरमै पुर्याउने व्यवस्था गर्ने योजना वडाले बनाएको छ ।साथै वडा कार्यालयमा सुशासन र जनमैत्री सेवा प्रदान गर्न कर्मचारी र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको अध्यक्ष फुँयालले बताए ।
वडा नं ६ को अर्को योजनामा वडा भित्रका सबै सडकहरुको नामकरण गर्ने र जि पि एस प्रबिधिको प्रयोग गरि मुख्य चोकमा सि सि टि भि जडान गर्ने रहेको छ ।साथै २०३५ साल तिर खुलेको र हाल बन्द रहेको पुरानो मनोहरा पुस्तकालयलाई नया प्रबिधी सहित खुलाउने योजनामा वडा रहेको छ ।
पुर्ण खोप युक्त र खुल्ला दिसामुक्त वडा घोषणा गरी वडालाई युवा र वाल मैत्री वडा बनाउने योजना वडाले बनाएको छ । वडावासीहरुले तिरेको करको सदुपयोग गरि वडा विकास गर्न कर सचेतना कार्यक्रम संचालन गर्ने अध्यक्ष फुँयालको योजना रहेको छ ।
वडाको फोहोर मैला व्यवस्थापनका लागी सरोकारवाला पक्ष संग छलफल गरी उचित व्यवस्थापनको लागी पहल गर्ने वडाको योजना रहेको छ भने खोला बाट अनियन्त्रित र अनाधिकृत रुपमा बालुवा निकाल्ने कार्यलाई तत्काल बन्द गर्ने योजना वडा नं ६ को रहेको छ ।
वडा भित्र रहेका गर्ने मन्दिर देवल ,प्राचिन मह्त्वको ढुङेधारा संरक्षण गर्ने र युवाहरु लक्षित रचनात्मक र सृजनशील गतिविधि संचालन गर्ने कार्यक्रम बनाएको अध्यक्ष फुँयालको भनाई छ ।
वडा भित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्ने साथै नेपाल सरकारले बनाउन लागेको अन्तरास्ट्रिय क्रीकेट मैदानलाई चाडै सम्पन गर्न सरकार संग माग गर्ने र यसका लागी छलफल सुरु गरिसकेको वडाले बताएको छ ।
वडाका पायक पर्ने स्थानमा सर्बजनिक सौचालय निर्माण गर्नुका साथै आयआर्जनका लागी सीपमुलक कार्यक्रम सन्चलन गर्ने अध्यक्ष फुँयालले बताए ।