कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन ६  ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९  भित्र रहेका मुख्य र सहायक सडकहरुको  मर्मत र सुधार गरी कालोपत्रे गर्ने वडाको मुख्य योजना रहेको वडा नं ९ का अध्यक्ष कुन्दन खड्काले बताए ।

वडाका सडकहरुमा वडा कार्यलय- बिरेन्द्र चोक,फेमली राडरबस्ती -तेज बिनायक जाने बाटो प्राथमिकतामा रहेको र  दशै अगाडि नै मुल बाटोमा फूटपाथ बनाइसक्ने योजना वडा नं ९ ले अगाडी सारेको छ ।

वडा भित्र रहेका सार्वजनिक जग्गाहरु संरक्षण गरी उचित स्थान हेरेर खेलमैदान र सामुदायिक भवन निर्माण गर्ने योजनामा वडा नं ९ रहेको छ ।

जेष्ठ  नागरिकहरुका लागी विशेष कार्यक्रम बनाउनुका साथै वडामा दर्ता भएको जेष्ठ नागरिक समाजलाई सकृय बनाई विविध सम्मानका कार्यक्रम आयोजना गर्ने अध्यक्ष खड्काले बताए ।सहयोगदाता खोजेर जेष्ठ नागरिक विश्राम स्थल निर्माण गर्ने वडाको योजना रहेको छ ।

वडामा कार्यरत स्वस्थ्य स्वयम् सेविकालाई एक मुष्ठ १ हजार दशैँ भत्ता दिनुका साथै अन्य सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने योजना वडाको रहेको छ ।

यस वडामा रहेका घरहरुको तथ्यांक संकलन गरी घर नम्बर राख्ने योजनामा वडा रहेको छ ।यस पश्चात वडामा सहयोगी र बिज्ञापन दाता खोजेर सौर्य बत्ती जडान गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए ।

वडामा रहेका धार्मिक र सांस्कृतिक महत्वका मठ मन्दीर र अन्य सम्पदाको संरक्षणको कार्यक्रम संचालन गर्ने र यसका लागी वडा वासीको संलग्नतामा योजना निर्माण गर्ने वडाले जनाएको छ ।

लक्षित बर्गको कार्यक्रम तर्फ महिला र युवाहरुको लागी उपयोगिता र प्रभावकारिता हेरेर विविध तालिम तथा उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष खड्काको योजना रहेको छ ।

गान्धी आदर्श बिधालयको आवश्यकता अनुसार इ-लाइब्रेरी र प्रबिधि मैत्री शिक्षण सामाग्रीको लागि सरोकारवाला सङ छलफल गरी विद्यालयलाई नमुना शैक्षिक संस्था बनाउने योजना वडाको छ ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।