चुनाव जित्नासाथ चेक कब्जा

कपन अनलाइन 

पांचथर ,श्रावण ४  ।

लुम्फावुङ १ बाटो मर्मत तथा उपभोक्ता समितिका नामको २ लाखको चेक र छाप फिदिम नगरपालिका–९ का वडाध्यक्षसहितको समूहले नियन्त्रणमा लिएको छ ।

समितिका अध्यक्ष प्रेमराज सम्वाहाम्फेले सांसद बबिना मोक्तानको संसद् विकास कार्यक्रमअन्तर्गत विनियोजित ३ लाख ५ हजार रकममध्ये अन्तिम किस्ताबापत जारी भएको ०६७००१०६३५६७९३०००००१ नम्वरको चेक र छाप वडाध्यक्ष बालकृष्ण लावती र सदस्य गंगा राईको समूहले गाविस सचिवको सम्पर्क कार्यालयबाटै शुक्रबार नियन्त्रणमा लिएको वताए ।

कमिसनबापत ३० हजार र चुनावमा गंगा राईले समुदायलाई वितरण गरेको बिजुलीको पोलबापतको १८ हजार रकम मागेका उनीहरूले रकम नपाउँदा निकासा भएको रकमको चेकसहित छाप नियन्त्रणमा लिएको आरोप समितिका अध्यक्ष सम्वाहाम्फेको छ । उपभोक्ता समितिले साविक लुम्फावुङ वडा नं. ६, १ र ८ मा करिब १० किलोमिटर बाटो मर्मत तथा सुधार गरेको जनाएको छ ।

आजको जनआस्था साप्ताहिक वाट 

तपाइँको प्रतिक्रिया ।