गोकर्णेश्वर नगरपालिका वडा नं ९ का कार्यक्रम तथा योजनाहरु

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का कार्यक्रम तथा योजनाहरु

कपन अनलाइन

श्रावण ३ ।

वडाको बाटो बिस्तार, सामाजिक अवस्था सुधार, लागु औषध नियन्त्रण, शैक्षिक संस्था अनुगमन, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम मार्फत सामाजिक एकता कायम गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं ९ को प्रमुख  कार्यभार रहेको वडा नं ९ का अध्यक्ष राजीव थापाले बताए ।

‘युवा जिम्मेवार र तयार, बिकासको आधार’ भन्ने मुल नाराका साथ कार्यकालको सुरुवातसँगै वडाले  युवा रोजगारी र व्यक्तित्व बिकासका लागि सिपमुलक उद्घोषण तालिममा संचालन गरेको थियो ।

आम जनताको दु:ख र समस्या, आवश्यकता, सिमित मात्रामा आउने बिकास आयोजनाहरु कसैको क्षमताको प्रयोगशाला बन्नु हुँदैन भन्ने कुरामा वडा नं ९ का अध्यक्ष  विश्वास राख्छन्। ‘म मेरो ठाउँको बिकास र सकारात्मक परिवर्तनको लागि पदमा आएको हुँ। मैले पुर्याएको योगदानहरुको हिसाब देखाएर सहानुभूति बटुल्ने छैन।’ थापाले कपन अनलाइनलाई बताए ।

आम जनताको वित्त पहुँच अभिवृद्दी, युवा खेलकुद, सिपमुलक तालिम आदी वडाको  कार्य योजनाका मुख्य प्राथमिकतामा  छन्। यी काम सम्पन्न गर्न वडावासीहरुको सहयोग महत्वपूर्ण हुने अध्यक्ष थापाको बुझाई छ ।

राजनीति प्रति युवाको धारणा परिवर्तन गराउन विवध युवा केन्द्रित गतिविधि गर्ने वडाको योजना रहेको छ । महिला ,अपांगता भएका नागरिक र सामाजिक कार्यकर्ताहरुलाई विशेष कार्यक्रम मार्फत समेटेर वडाको विकास गर्ने अध्यक्ष थापाले बताए ।

वडाको सांस्कृतिक ,भौतिक ,सामाजिक र प्राकृतिक क्षेत्रको विकाशका लागी ठोस योजना निर्माण गरी समृद्ध वडा बनाउने र यसका लागी सबै वडावासीको सहभागितामा कार्यक्रम तय गर्ने वडा नं ९ ले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।