बसको ठक्करबाट मृत्यु

कपन अनलाइन 

उर्लाबारी (मोरङ), २ साउन । विराटनगर–५ स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो ।

दिउँसो १ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।