यसरी खर्च गरियो डा.राजन भट्टराईको सांसद विकास कोषको रकम

यसरी खर्च गरियो डा.राजन भट्टराईको सांसद विकास कोषको रकम

कपन अनलाइन 

काठमाडौ,साउन २

काठमाडौ निर्वाचन क्षेत्र नं ४ का सांसद डा. राजन भट्टराईको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत क्षेत्रका विभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भएको थियो  । सांसद विकास कोष अन्तर्गत ४८ लाख ५० हजार  रुपैया क्षेत्र नं ४ मा खर्च गरिएको छ भने पूर्वाधार विकाश कोष अन्तर्गत १२ वटा योजनाहरुमा रकम उपलव्ध गराइएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत खर्च भएको रकमहरुको विवरण यहाँ प्रस्तुत  गरिएको छ  ।

आर्थिक वर्ष २०७३/०७४ मा भौतिक विकास निर्माण तर्फ सांसद विकास कोषबाट भएको रकम बिनियोजन र योजनाहरु

  • बुढानिलकण्ठ नगरपालिका वडा नं २ बदेली –तारेभिर मूल सडक -३ लाख
  • जय भद्रकाली प्रारम्भिक विद्यालय बुनपा १ ब्लक ओछ्याउने -३ लाख
  • बुनपा वडा नं १३ ग्वाली टोल बाटो सुधार -१ लाख
  • बुनपा वडा १३ करुणा माई चोक –गणेश मन्दिर बाटो -२ लाख
  • बुनपा वडा नं १३ कभर्ड हल -२ लाख
  • बुनपा ९ सृजना वस्ती खानेपानी आयोजना -१ लाख ५० हजार
  • बुनपा वडा नं ९ सुर्योदय वस्ती रिटेनिंग वाल-३ लाख
  • बुनपा १० कुमारी मन्दिर भित्रि बाटो -१0 लाख
  • कामपा वडा नं ७ गणेश मन्दिर र कुमारी मन्दिर पुननिर्माण -२ लाख

कामपा ७ गौरी नगर डिप बोरिंग -१ लाख

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत रकम बिनियोजन भै सम्पन्न भएका योजनाहरु

  • कामपा ७ कुमारीगाल सार्वजनिक जग्गा संरक्षण -१० लाख (जिसस )र शान्ती मन्त्रालय वाट ५ लाख र सहरी विकास मन्त्रालय बाट ५ लाख
  • कामपा ८ सोलार बत्ती जडान -१० लाख (जिसस )
  • बुनपा ९ हाम्रो पसल –राधा कृष्ण मन्दिर बाटो ढलान -१० लाख
  • कामपा ८ सिटू गल्ली बाटो पिच -१० लाख
  • बुनपा १२ खानेपानी तेन्जिंग चोक –मुस्कान चोक –बाल कुमारी चोक -१० लाख
  • कामपा ७ हिमालय स्कूल नजिक भित्रि बाटा -१० लाख
  • कामपा वडा नं ३० मैतीदेवी मन्दिर पछाडी ढल सुधार र बाटो मर्मत  -१० लाख
  • कपन बहुमुखी क्याम्पस भौतिक निर्माण तथा प्रसासनिक सुधार-२२ लाख
  • बुनपा वडा नं १ सोलार बत्ती -१० लाख
  • बुनपा ११ गैरी गाउ –गणेश मन्दिर -१० लाख
  • बुनपा १३ नौलीन मावी -१५ लाख

निर्वाचन क्षेत्र नं ४ मा जनचेतना ,सर सफाई ,शिप विकास , युवा विकास र सशक्तिकरणका लागी विभिन्न सामाजिक संघ संस्थाहरुलाई बिनियोजन गरिएको रकम विवरण यस्तो छ।

  • सुर्योदय खेलकुद सोसाइटी -६ लाख
  • ह्यान्ड इन ह्यान्ड फाउन्डेसन -५ लाख
  • महिला मैत्री समुह -२ लाख
  • विद्यार्थी सरोकार सामाज -२ लाख

क्षेत्र भित्र माथिका योजनाहरुको  प्रभावकारिता हेरेर अनुगमन गरी कार्य मुल्यांकन विवरण तयार पारी आगामी बजेटमा  अन्य स्थानका योजना तथा कार्यक्रमहरु संचालन गर्ने सांसदको कार्यालय क्षेत्र नं ४ ले बताएको छ ।

 

तपाइँको प्रतिक्रिया ।