बुढानिलकण्ठ नगरपालिकाले प्रस्तावित गरेको बजेटका सन्दर्भमा हामी पर्ख र हेरको नीतिमा छौ : राजाराम बुढाथोकी

बुढानिलकण्ठ नगरपालिकाले प्रस्तावित गरेको बजेटका सन्दर्भमा हामी पर्ख र हेरको नीतिमा छौ : राजाराम बुढाथोकी

कपन अनलाइन 

काठमाडौ,असार ३०।

बुढानिलकण्ठ नगरपालिकाले प्रस्तावित गरेको बजेट का सन्दर्भमा आफ्नो पर्ख र हेर को नीति रहेको नेपाली कांग्रेशका प्रतिनिधि राजाराम बुढाथोकीले कपन अनलाइन संगको संक्षिप्त कुराकानीमा बताएका छन । असार २९ गते बुढानिलकण्ठ नगरपालिकाले बजेट प्रस्ताव गरेपछि उनको यो प्रतिकृया आएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले अव पूर्ण रुपमा जनता प्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाई थियो । अहिले विभिन्न उपभोक्ता र अन्य समितिमा निर्वाचित प्रतिनिधि  आफै पदाधिकारी र सदस्य रहदा त्यहाँ हुने कामको पारदर्शिता र प्रभावकारिता  माथि प्रश्न खडा हुने  उनले बताए । जो बोक्सी उही झाक्री यो कदापी हुन् सक्दैन उनले थपे ।

निर्वाचित जनप्रतिनिधिमा जितको उन्माद रहेको र यसलाई बेलैमा नियंत्रण गरेर जनहितमा कम गर्नु पर्ने उनको सुझाव थियो । अवको ५ वर्ष काम गर्न निर्वाचितलाई जनताले पठाए र त्यसको निरीक्षण र अनुगमन गर्न अन्यदललाई विपक्षमा राखेको उनको भनाई थियो ।

यो जनताको पैसा हो र त्यसको सहि प्रयोग र उपयोग हुनुपर्छ यदी यसको दुरुपयोग हुन् थाल्यो भने हामी सधै खबरदारी गर्ने छौ उनले कपन अनलाइन लाई बताए ।

तपाइँको प्रतिक्रिया ।