बुढानिलकण्ठको पहिलो नगर सभा र जनताको अपेक्षा

कपन अनलाइन/पुन्यराज पुडासैनी

काठमाडौँ /विचार ब्लग 

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगरसभा भोली असार २९ मा हुदै छ । अपेक्षाको पहाड र समस्याको जंघार विचवाट यो योजना तथा कार्यक्रम सार्वजनिक हुन लागेको छ ।

निर्वाचनको वेला मतका लागी , समर्थनका लागी र अनुभव जन्य कमजोरीका कारण अहिले निर्वाचित प्रतिनिधिहरुले धेरै ठुलठूला आश्वासन र सपना बाडेका छन् जसको हिसाब पक्कै भोलिको नीति र कार्यक्रम मार्फत बुनपा वासीहरुले खोज्नेछन ।

पहिलो नगर सभाको नीति तथा कार्यक्रममा बुनपा वासीहरूले खोज्ने प्रमुख कुरा समस्याको समाधानको खोजी कसरी गरियो भन्ने नै हो । त्यस पछि सधैँ कर्मचारीहरूले दलीय प्रतिनिधिहरूको सहभागितामा  निर्माण हुने बजेट कार्यक्रम भन्दा कति नविन र जनभावना सापेक्ष छ भन्ने कुरा नगरवासीले चासो साथ हेर्नेछन् ।

सानदार मत ल्याएर जितेका नगर प्रमुखले कसरी आफ्ना प्रतिद्वन्दीहरुलाई सम्बोधन गर्छन र नगरपालिका भरी सवै नगर वासीले अपनत्व महसुस गर्ने नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्छन त्यस तर्फ अहिले उनका दलका कार्यकर्ता ,आम जनता मात्र हैन नगरपालिका निर्वाचनमा उनका प्रतिद्वन्दी समेत व्यग्रताका साथ पर्खीरहेछन ।

आफ्नो निर्वाचन सम्बोधनका क्रममा गरेका वाचा र प्रतिज्ञा प्रति जनप्रतिनिधि कति सचेत र संवेदनशील छन भन्ने कसिको मापन पनि भोलिको पहिलो नगर सभामा प्रस्तुत हुने बजेट र कार्यक्रमले प्रस्ट पार्नेछ । बिहानीले दिउसोलाई देखाउँछ भन्ने भनाइलाई पुस्टि गर्ने महत्वपूर्ण विन्दु पक्कै प्रथम नगर सभा हुने कुरामा कुनै दुई मत छैन ।

मोनोरेल , पर्यटकीय मार्ग , चक्रपथ ,नगरवस ,केवलकार , बनभोज स्थल र रंगशाला आदीका महत्वकांक्षी योजन अगाडी सार्दै जनताको मत जितेका बुनपाका प्रमुखले कम्तीमा ती योजनाको प्रस्थान विन्दु भोलिको नगर सभामा कोर्लान् कि नकोर्लान् त्यो उनले प्रस्तुत गर्ने कार्यक्रमले पक्कै देखाउने नै छ ।

बुढानिलकण्ठ नगर पालिका ले गौरव गर्ने योजना के होला जसलाई अबको ५ वर्ष भित्र पुरा गरि देश विदेशका सबैलाई देखाउन सकियोस् ? यो प्रश्नका बारेमा जनप्रतिनिधिको चासो र चिन्ता छ कि छैन भन्ने प्रश्न चौतर्फी रुपमा नगरका विभिन्न स्थानमा सुनिदैं आइएको छ भोलि असार २९ गते हुने प्रथम  नगर सभाबाट पक्कै आफ्नो गौरवको योजना नगरवासीले थाहा पाउनु पर्छ र त्यसलाई सफल पार्न योगदान दिने तत्परता देखाउनु पर्छ । त्यो योजना नगर सभाले नगर वासीलाई प्रथम सुनौलो उपहारको रूपमा दिन सक्नुपर्छ ।

अहिले नगरवासीको प्रमुख माग बाटो र खानेपानी हो । नगरपालिकाको बाँसबारी -बुढानिलकण्ठ बाहेक कुनै पनि बाटो हिँड्न ,गाडी कुदाउन लायक छैन । हरेक स्थानमा अवरोध छन त्यसको अल्पकालीन र दिर्घकालिन समाधान खोज्न भोलिको सभा सफल हुने हो कि हैन यसले पनि नवनिर्वाचित जनप्रतिनिधिहरुको जनता प्रतिको उत्तरदायित्वबोध प्रस्ट पार्नेछ ।

बुढानिलकण्ठ नगरपालिकाले आगामी ५ वर्ष कस्तो रफ्तारमा यात्रा गर्नेछ र जन अपेक्षाको सम्बोधन गर्ने तदारुकता र चासो देखाउने छ भन्ने कुराको संकेत भोलिको नगर सभाले दिनेमा कुनै दुइ मत छैन ।

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।