सांस्कृतिक र धार्मिक महत्व बोकेको चंडेश्वरी मन्दिर

सांस्कृतिक र धार्मिक महत्व बोकेको चंडेश्वरी मन्दिर

कपन अनलाइन

काठमाडौ,असार २७  ।

चंडेश्वरी मन्दिर प्राचिन  सांस्कृतिक र धार्मिक महत्व बोकेको मन्दिर हो । इस्वी सम्बत ३१० मा  मन्दिर स्थापना गरिएको यस  स्थानमा पहिला काभ्रोको रुख मुनि मुर्ति रहेको थियो  । बुढानिलकण्ठ क्षेत्र विकास समिति अन्तर्गत रहेको यो मन्दिर टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा ८४ रोपनीको क्षेत्रमा फैलिएको छ।

हरेक वर्ष वैशाख १ गते देखी ४ गते सम्म जात्रा चल्ने यो मन्दिर मा माघ महिनामा शान्ती होम यज्ञ आयोजना हुने गर्दछ  शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज सँग जोडिएको यो मन्दिर काठमाडौंको उत्तरी भेगको महत्वपूर्ण धार्मिक स्थल हो  ।

चंडेश्वरी मन्दिर  नगरपालिकाको  धार्मिक स्थल हुनुका साथै पर्यटन महत्व बोकेको स्थान पनि हो । यो मन्दिरलाई  बनभोज , घुमफिर ,दर्शन ,अध्ययन र अनुसन्धानको लागी प्रयोग गर्न सकिने धेरै सम्भावना रहेका छन्। खानेपानीको राम्रो श्रोत रहेको यो क्षेत्र निर्माणको गुरुयोजना बनि सकेको छ तर कार्यान्वयन छिटै हुनु पर्ने देखिन्छ । चंडेश्वरी मन्दिर र बुढानिलकण्ठ मन्दिरलाई सडक,साइकल र पैदल मार्गले जोड्न सके आन्तरिक यो क्षेत्रको  पर्यटन प्रवर्धनलाई ठुलो मद्दत पुग्छ भने धार्मिक पर्यटनको नया गन्तव्य पनि बनाउन सकिन्छ  ।

मन्दिर परिसरमा स्थापना भएको कालीको मूर्तिलाई व्यवस्थित गरेर मन्दिर स्थापना हुँदा यसको महत्व झन् बढ्ने देखिन्छ । यहाँको कालीको मन्दिर खुल्ला रहने र बाहिरबाट देख्न सकिने गरि बनाउन लागिएको हो । आम प्रचलनमा कालीको मन्दिर खुल्ला बनाएको पाइदैन ।करिव १ करोड लागतमा निर्माण हुने उक्त कालीको मन्दिर निर्माणका लागी आर्थिक संकलन लगायतका पहल सुरु भैसकेको छ ।

अहिले ३६ फिटको सडक मन्दिर सम्म पुगेर यातायातको सुविधा भए पछी तिर्थालुहरुको संख्या बढ्दै गएको छ ।यो धार्मिक स्थललाई टोखा र बुढानिलकण्ठ दुवै नगरपालिकाले यसको गुरु योजनालाई प्राथमिकतामा राखेर विशेष योजना बनाउनु पर्ने देखिन्छ ।

चंडेश्वरी मन्दिरको पौराणिक महत्व

हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानीका अनुसार यो मन्दिर सतीदेवीको कुम पतनभै मुस्कानेश्वर महादेव उत्पत्ति भएको उल्लेख छ  । त्यसैले शिवपुरी डाडालाई स्वस्थानी डाडा पनि भन्ने गरिन्छ ।

त्यस्तै भगवती ग्रन्थका अनुसार सुदर्शन चक्रले यहि स्थानमा तपस्या गरी विष्णुको हातमा रहन पाउने बरदान पाएको उल्लेख छ  । सपन तिर्थमा दर्शन गरेर यो मन्दिरमा आइ दर्शन गर्नाले मोक्ष प्राप्त गर्ने जनविस्वास रहेको छ ।  पौराणिक काल देखी सपन तिर्थलाई गणेश र चंडेश्वरी – मुस्कानेश्वरलाई शिवपार्वती मानिदै आइएको छ।

 

तपाइँको प्रतिक्रिया ।