चौविस जिल्लाका २७७ स्थानीय तहको मतगणना सकियो

चौविस जिल्लाका २७७ स्थानीय तहको मतगणना सकियो

कपन अनलाइन 

काठमाडौँ, २० असार । प्रदेश नं १, ५ र ७ मा असार १४ गते भएको निर्वाचनको हालसम्म २४ जिल्लामा २७७ स्थानीय तहको मतगणना सकिएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार २७८ स्थानीयतहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भइसकेको औपचारिक रुपमा जानकारी आएको हो ।

निर्वाचन आयोगका अनुसार अब ११ जिल्लाका ५६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

मुलुकका ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन यही असार १४ गते भएको थियो । पछिल्लो पटक कञ्चनपुर, उदयपुर, सुनसरी, मोरङ र झापाका एक÷एक स्थानीय तहमा मतगणनाको क्रममा मत सङ्ख्या फरक परेका कारण मतगणना कार्य स्थगन रहेको केन्द्रले जनाएको छ ।

अरु स्थानीय तहमा भने धमाधम मतगणना भइरहेको छ । पछिल्लो चरणमा जस्तै दोस्रो चरणको निर्वाचनमा अधिकांश स्थानमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म एमालेले १२१, काँग्रेसले १०५ माओवादी केन्द्रले ३५, सङ्घीय समाजवादी फोरमले छ, नेपाल लोकतान्त्रिक फोरमले पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्रले एक स्थानमा विजय हासिल गरी स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।