पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो

पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो

कपन अनलाइन 

चरिकोट, १७ असार । गएको बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडा स्थितकुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको अवस्थामा आज भेटिएको छ ।

भेटिएका शव सोही स्थानका १२ वर्षीय रितु थामी र १५ वर्षीय रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ । यसअघि पहिरोले पुरिएकै अवस्थामा ३५ वर्षीय शान्ति थामी र सोही स्थानकी ७० वर्षीय महिला लाटी थामीको नजिकैको क्याङथली खोलाबाट शव निकालिएको थियो । पहिरोले पुरिएकाको प्रहरीले शव खोजिरहेको थियो । बेपत्ता हुनेमा एकै परिवारका ३५ वर्षीय मृतक शान्ति थामीका छोरी १५ वर्षीय रोषनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

घरमासँगै सुतिरहेको अवस्थामा मध्यराति दुई घर बगाउँदा एकै परिवारका तीन र अर्की एकल महिला लाटी थामीको मृत्यु भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।