बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले राष्ट्रिय धान दिवस मनायो

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले राष्ट्रिय धान दिवस मनायो

कपन अनलाइन

काठमाडौ,असार १६

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गर्यो । वडाको बालुवा खानीमा भएको सो कार्यक्रमा मा वडा अध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रमामा वडाका सदस्य चन्द्रमान श्रेष्ठ ,भुव प्रसाद रेग्मी , महिला सदस्य रीता दाहाल , दलित महिला सदस्य दिलकुमारी बिक लगायत को उपस्थिति रहेको थियो  ।

वडा अध्यक्ष भट्टराईले धानको बिउ रोपेर  उदघाटन गरिएको  कार्यक्रममा वडाका महिला समुह , टोल सुधार समिति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए  ।

“यो कार्यक्रम हामीले नगर प्रमुख को बाजो जमिन नराख्ने जुन अभियान छ त्यसलाई सार्थक बनाउन आयोजना गरेका हौ ” ,अध्यक्ष भट्टराई ले कपन अनलाइन लाई बताए  । यसलाई  अभियानकै रुपमा विकास गरेर नगरपालिकाका खाली जग्गाहरुको उपयोग गर्ने र उत्पादन बढाउदै यस नगरलाई पर्यटन तथा  कृषि पकेट क्षेत्र निर्माण गर्ने हाम्रो उदेश्य छ उनले थपे  ।

कार्यक्रमका संयोजक चन्द्र मान श्रेष्ठले आगामी दिनमा पनि विभिन्न रचनात्मक गतिविधिलाई प्राथमिकतामा राख्दै वडालाई नमुना बनाउने बताए  ।

तपाइँको प्रतिक्रिया ।