वालवालिकाको भविष्यमा किन खेलवाड विप्लव ज्यू ?

कपन अनलाइन/पुन्यराज पुडासैनी / विचार ब्लग 

आज काठमान्डौका निजि विद्यालय हरु शैक्षिक हड्तालका कारण बन्द रहेका छन । विप्लव नेतृत्वको नेकपा माओवादीले यो बन्द गरेको हो । बिद्यालय हरुलाई शान्ती क्षेत्र घोषणा गरिएता पनि यसको कार्यान्वयन भएको छैन । प्रथम त्रैमासिक परिक्षको समय आइरहेको र प्रथम चरणको निर्वाचनका कारण पनि धरै लामो समय विद्यालय बन्द रहेकाले नियमित पठन पाठनमा समस्या भोग्दै आएका बिद्यालय अकस्मात् हुने बन्दबाट झन् पिडित बनेका छन ।

वर्षमा करिव २२२ दिन मात्रै कार्य दिन रहेको शिक्षा क्षेत्रमा यस्ता अकस्मात्  हुने विदाले नियमित पाठन पाठनमा निकै नकारात्मक असर गरिरहेको छ । धेरै मंच र कार्यक्रममा बन्द हडताल नगर्ने प्रतिवदत्ताहरु आएपनि बन्द विरोध प्रदर्शनको सजिलो माध्यम बन्दै आएको नेपालमा यसले दुरगामी प्रभाव परिरहेको छ ।

देशबाट अहिले भैरहेको श्रम र प्रतिभा पलायनको प्रमुख  कारणको रुपमा यो बेथिति पनि एक हो ।धेरै गैर सरकारी संघ संस्थाहरू यसको निराकरणमा कृयाशील रहेता पनि उल्लेख्य परिणाम भने देखिएको छैन ।

वर्षमा २२२ दिन पढाई हुने ३ घण्टामा परिक्षा हुने र त्यसको परिक्षण १५ मिनेटमा हुने पदत्तिले शिक्षालाई निस्प्रभावी बनाइरहेको बेला यस्ता बन्दले झन् त्यसमा संक्रमण गरिरहेको छ ।

झोला बोकेर विद्यालयको ढोकामा पुगेर फर्कनु पर्ने दुर्नियति संग लड्न वालवालिका विवस  छन । उनीहरुका अविभावक पनि यस्ता समस्या लाई  हेरेर सहेर बस्न बाध्य बनेका छन । यो बाध्यताले मस्तिस्कमा नराम्रो असर पारिरहेको छ जसले नकारात्मक सोच विकास गरेको छ । बन्दको जानकारी संकलन गर्ने प्रात कालीन प्रमुख जिम्मेवारी बोक्ने नियति उनीहरुमा छ जुन यो विकसित विस्वमा एउटा अनौठो प्रचलन पनि हो ।

यस्ता बन्द र हड्ताल को विरोध आव केवल कुरा र नारा मा मात्र हुनु हुदैन । अव बिद्यार्थी अविभावक  र सन्चालक संयुक्त रुपमा ससक्त प्रतिकारमा उत्रिनु पर्ने अवस्था आएको छ । वर्ष भरिको शुल्क तिरेर २०० दिन पनि आफ्ना वालवालिका पढाउन नपाउदा उनीहरु निरिह नागरिक बनेका छन ।

स्वयम् बन्दकर्ताहरु नै  यसको पिडित बनि रहेका छन जसले भोलिको नेपाल निर्माणमा ठुलो चुनौती खडा गरेको छ । बन्दकर्ता हरुका नाइके विप्लव लाइ हरेक कलिला आँखाहरुले प्रश्न गरिरहेका छन कि उनका सन्तान जस्तै किन उनीहरुले पढ्न पाएनन् ? समयक्रममा कुनै दिन यो भविस्य माथिको खेलवाड किन भन्ने प्रश्नको जवाफ  जनताको कठघरामा उभिएर उनले दिनुपर्नेछ ।

उनको अगाडी सधै यो प्रश्न आइरहने छ वालवालिकाको भविष्यमा किन खेलवाड विप्लव ज्यू ?

तपाइँको प्रतिक्रिया ।