भारतद्वारा वेस्ट इंडिज पराजित, रहाणेले बनाए शतक

कपन अनलाइन 

एजेन्सी । भारतले पोर्ट अफ स्पेनमा खेलिरहेको दोस्रो एकदिवसीय खेलमा वेस्ट इंडिजलाई १ सय ५ रनले हराएको छ । वेस्ट इंडिजविरुद्ध भारतीय ब्याट्सम्यान अजिंक्य रहाणेले शानदार शतक लगाए । रहाणेको यो वानडेम तेस्रो शतक हो ।

रहाणे शतक लगाएको केही बेरमै पेभेलियन फर्के । रहाणेले १ सय ४ बलको सामना गर्दै १० चौका र २ छक्काको मदतले शतक बनाएका हुन् । यसका साथै रहाणे वानडे क्रिकेटको इतिहासमा वेस्ट इंडिजकामा शतक लगाउने पाँचौं भारतीय क्रिकेटर बने । उनी अगाडी राहुल द्रविड, वीरेन्द्र सहवाग, युवराज सिंह र विराट कोहलीले शतक लगाइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।