आइफोन ८ आएसँगै मेमोरी चिपको अभाव हुने

कपन अनलाइन 

एप्पलको आइफोन एट लञ्च हुने मिति नजिकिँदै गर्दा स्मार्टफोनका मेमोरी चिप बनाउने कम्पनीहरुलाई भ्याइनभ्याइ छ । दुनियाभरका इलेक्ट्रोनिक कम्पनीहरुले मेमोरी चिप तयार गरी भण्डारण गरिरहेका छन् । उनीहरुलाई डर छ कि आइफोन एट लञ्च भएसँगै बजारमा मेमोरी चिप्सको अभाव हुनेछ ।

यद्यपि, यसले एप्पल तथा सामसुङ जस्ता ठूला कम्पनीहरुलाई कुनै फरक नपार्ने बताइएको छ । अभावबाट बच्नका लागि केही कम्पनीहरुले पहिले नै अर्डर दिइसकेका छन् ।

एलजी इलेक्ट्रोनिक्सका अनुसार, आपूर्तिमा कमी हुनसक्ने सम्भावनाबाट बच्नका लागि उसले सुरुमै आवश्यक कदम उठाइसकेको छ । चिप बनाउने प्रविधि समयसँगै निकै जटिल बनिरहेको छ । यसमा लागतको तुलनामा मुनाफा कम छ । जसका कारण केही चिप्सको मूल्य एक वर्षभित्रमा तीन गुणा भन्दा धेरै बढिसकेको छ ।

यसको असर म्च्ब्ः र ल्ब्ल्म् चिप्समा देख्न सकिन्छ । ल्ब्ल्म् चिप्सले बजारमा धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्दछ । हरेक वर्ष ल्ब्ल्म् चिप्सको झन्डै १८ प्रतिशत हिस्सा एप्पलले खरिद गर्दछ । चिप मेकरहरुले चिप्सको उत्पादन बढाउनका लागि यसका धेरै रकम लगानी गर्न सुरु गरेका छन् । सामसुङ पनि ल्ब्ल्म् चिप्सको उत्पादन आफ्नो दक्षिण कोरियाली प्लान्टमा सुरु गर्नेवाला छ ।

तपाइँको प्रतिक्रिया ।