‘लालटिन’ दोस्रो सातामा २ करोडको व्यापार गरेको दाबी
कपन अनलाइन
काठमाडौं, ४ असार । एमसन पिक्चर्सको निर्माण तथा भानु प्रतापको प्रस्तुती रहेको नेपाली फिल्म लालटिन दोस्रो सातामा देशभर चलिरहेको छ । शनिबारसम्म लालटिनले २ करोड ५ लाखको व्यापार गरेको छ ।
पहिलो सातामा उत्कृष्ट व्यापार गरेको चलचित्रले दोस्रो सातामा पनि उत्तिकै राम्रो व्यापार गरेको छ । ‘देशभरको कलेक्सनले पहिलो सप्तान्तमा २ करोड ५ लाख ग्रस कलेक्सन भएको छ’, प्रस्तोता भानु प्रतापले भने ।
देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा दयाहाङ राईको मुख्य अभिनय रहेको छ । फिल्ममा राज कुटवाल, निर्जन थापाको अभिनयलाई पनि रुचाइएको छ । यस्तै अर्जुनजंग शाही, प्रियंका कार्की, जनक बर्तौलालगयातको अभिनय रहेको फिल्म दोस्रो सातामा पनि राम्रोसँग चलिरहेको निर्माण पक्षको दाबी छ । फिल्मका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ र राज केसी हुन् ।
तपाइँको प्रतिक्रिया ।