पक्राउ

कपन अनलाइन 

भद्रपुर, २३ जेठ । सुनसरी, धरानबाट चोरी भएको को२९प ४७८६ नंको पल्सर मोटर का चोर भनिएकाहरुलाई पक्राउ गरिएको छ ।

धरान नगरपालिका–१५ निवासी शङ्कर विकले मोटरसाइकल चोरी दमक नगरपालिकाका निसान राई र मनोज शङ्करको मिलेमतोमा मनराज विकलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

निज मनराजले मोटरसाइकलको नं परिवर्तन गरी चलाउँदै गरेका अवस्थामा प्रहरी निरीक्षक मिलन बस्नेतको टोलीले सोमबार अपराह्न पक्राउ गरी चोरीमा संलग्न भनिएका सबैलाई आज इप्रका, धरान पठाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।