बाटो खुला

कपन अनलाइन 

काठमाडौँ, ९ जेठ । राष्ट्रिय समाचार समितिबाट ‘सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती’ शीर्षकमा सम्प्रेषित समाचारका कारण एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बन्द सडक खुलेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणनाका लागि सुरक्षाको कारण देखाउँदै एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको बाटो बन्द गरिएको थियो । मतगणना हुँदा गाडी रोकिएकाले दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका थिए । रासस

तपाइँको प्रतिक्रिया ।