स्वास्थ्य मन्त्री गगन थापालाई एमालेद्वारा अबरोध र बिरोध

कपन अनलाइन, काठमाडाैँ । मौन अबधिमा स्वास्थ्य मन्त्री गगन थापा वुनपामा आएको भनेर एमालेले अबरोध तथा विरोध गरेको छ । वुनपा १२ को बाटो भएर कपन गुम्बाहुँदै चुनीखेल नाैलिनस्थान जाँदै गरेका मन्त्री थापाले बाटोमा उपस्थित केही व्यक्तिसँग कुरा गर्ने क्रममा एमालेले बिरोध एवम् अबराेध गरेकाे हाे  । एमालेका कार्यकर्ताले मौन अबधिमा मन्त्रीले घरदैलोमा आएको भन्दै नाराबाजी गरेको थिए ।

यतिखेर स्थानीय तह निर्वाचन अघि कसरी कुन पार्टीलाई कमजोर बनाउने भन्ने विषयमा राजनीतिक दलका कार्यकर्ताहरू रात रातभर नसुती बसेका छन् ।  यही क्रममा वुनपा १२ को बाटो हुँदै कपन डाँडाबाट चुनिखेलमा रहेका क्यान्सरका विरामी भट्न गर्न जाने क्रममा रहेका मन्त्री थापालाई नेकपा एमालेका कार्यकर्ताले अबरोध तथा विरोध गरेका हुन् । बाटोमा भेटिएका कार्यकर्ताहरुलाई हेलो हाई मात्र गरेको कुरालाइ एमालेका कार्यकर्ताले अनावश्यक राजनीतिकरण गरेको नेपाली कांग्रेसले बताएको छ । यसैगरी मौन अबधिमा कार्यकर्तालाई भेटेर सम्बोधन गरेको आरोप एमालेले लगाएको छ ।

तपाइँको प्रतिक्रिया ।