कामनपा ३ मा काँग्रेसका विदुर कार्की जीताेन्मुख, विपक्षीहरू पनि प्रचारमा जुटे
कपन अनलाइन,काठमाडाैँ । २० वर्षपछि हुन गइरहेको स्थानीय तहकाे निर्वाचनकाे चर्चा परिचर्चा तथा प्रचारप्रसारकाे उत्कर्षमा छ । कामनपाकाे वडा नंं. ३ मा यतिखेर नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार विदुर कार्कीकाे चाैतर्फी चर्चा चलिरहेकाे छ । नेपाली काँग्रेस पार्टीमा लामो समयदेखि सक्रिय कार्कीको सामाजिक पृष्ठभूमि व्यक्तित्व हुन् । कामपा ३ मा कार्कीलाइ सम्पूर्ण स्थानीय युवा, तन्नेरीदेखि बृद्धबृद्धासम्मका सबैको समर्थन प्राप्त भएको छ ।
विदुरको व्यक्तित्व र सक्रियताको अगाडि अन्य दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारसमेत कमजोर भैरहेको बताइन्छ । लामो समयदेखि एउटै व्यक्ति र उसको परिवारको चंगुलमा रहेको कामनपा वडा नं. ३ मा नेपाली कांग्रेसले कार्कीलाई उम्मेदवार बनाएपछि चौतर्फि खुशीयाली छाएको छ ।
वडाको विकासमा हाम्रालाई हैन राम्रालाई छानौँ भन्दै विपक्षी दलहका चिनिएका मान्छेहरुसमेत विदुर कार्कीको चुनावी प्रचारप्रसारमा हिँडिरहेको देख्न पाइन्छ । सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेसको साथमा सबै तहतप्का मानिस समेटिएर एकिकृत भएकामा कार्की सबैलाई धन्यवाद दिँदै वडाध्यक्ष भएको खण्डमा वडाको हितमा विशेष काम गरेर देखाउने बताउँछन् । विदुरले भने, “काखापाखा नगरीकन वडाको विकास र वडावासीको उन्नतिका लागि लाग्नेछु ।”
फाेटाेः बसन्त गाैतम
तपाइँको प्रतिक्रिया ।