आङ खस्ने तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

चैत १५,  कपनको क्षेत्रमा सक्रिय महिला मैत्री समूहले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा विभिन्न महिला समूहका महिलाहरूलाई आङ खस्ने तथा पाठेघरको क्यान्सर विषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । एमाले नेता मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राध्यापक जुना भट्टराई पौडेलले सहभागीलाई सम्बन्धित विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै विशेष अतिथि नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष युवा नेता पुरुषोत्तम नेपालले यस्ता खाले रोगको रोकथाम र उपचारको लागि महिलालाई मात्र नभएर पुरूषलाई पनि लक्षित गरेर जनचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता आैंल्याएका थिए । यसैगरी प्रमुख अतिथि मीठाराम अधिकारीले महिलाहरूले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रम सांसद राजन भट्टराईको सांसद कोषको सहयोगमा गरिएको आयोजकले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।