पाँच महिनापछि बल्ल समिति गठन

कपन अनलाइन 

धुलिखेल, ९ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) कार्यान्वयन एकाइ कार्यक्रम सञ्चालन गर्न काभ्रेपलाञ्चोकमा बल्ल समिति गठन प्रक्रिया सुरु भएको छ ।

सुपरजोन (आलु) कार्यान्वयन एकाइ कार्यालय बनेपाले कार्यक्रम सञ्चालनको प्रक्रिया थालेपछि बल्ल समिति गठन गर्न लागिएको हो । कार्यालयका प्रमुख दीपक पौडेलका अनुसार आलुका बारेमा कृषकलाई जानकारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।

परियोजनाका कृषि प्राविधिक रामदरेश राय सुपरजोन (आलु) कार्यक्रम सञ्चालनका लागि इच्छापत्र पेस गर्न आह्वान गरिसकेको र छिट्टै कृषकसँग छलफल गरी समिति गठन गरिने बताउनुहुन्छ । इच्छापत्र पेस गर्नेमा व्यक्ति, सहकारी, फार्म र समूह रहेका छन् ।

कार्यक्रम कार्यान्वयनका लागि कम्तीमा पाँच रोपनी जग्गा हुनुपर्ने प्रावधान छ । अरुको जग्गालाई भाडामा लिएर समेत काम गर्न सकिन्छ । जिल्लामा करिब एक हजार हेक्टर जग्गामा परियोजना सञ्चालन हुने छ । कुशादेवी, पनौती नगरपालिका, बनेपा नगरपालिका, उग्रचण्डी नाला र पाँचखाल नगरपालिका आलु सुपरजोन कार्यक्रम लागु क्षेत्र हुन् । रासस

तपाइँको प्रतिक्रिया ।