जोसेफ स्कूलले राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरेर २० औं अभिभावक दिवश मनायो

जोसेफ स्कूलले  राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरेर २० औं अभिभावक दिवश मनायो

कपनअनलाइन/ काठमाडौँ । बुनपाको कपनस्थित जोसेफ स्कुलले आफ्नो २०औं अभिभावक दिवस मनाएको छ । अभिभावक दिवश नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न गरेको छ ।

 

फागुन २० गते कपनको मिलनचोकमा रहेको जोसेफ स्कूलको प्राङ्गणमा भएको कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा योगदान गरेका मानवअधिकारकर्मी दमननाथ ढुङ्गाना, बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, बरिष्ठ कलाकार दिपाश्री निरौला, हिमालय शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा तथा युवा पत्रकार मुकुन्द ढुङ्गानालगायत ६१ अभिभावक र ३०० खेलाडी-विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रकाशमान सिंहले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीमा व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलाप महत्वपुर्ण हुने बताए । उनले जोसेफ स्कूलको गुणस्तरीय शिक्षा, व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सबै विद्यालयले जोसेफको उदाहरण अनुसरण गरेर अघि बढ्न सके देशले परिवर्तनको महशुस गर्ने सिंहले बताएका थिए ।

 

फरक प्रसङ्गमा बोल्दै सिंहले देश अप्ठेरोमा परेकाले सबै राजनीतिक दल मलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताए । ​कार्यक्रमका सभापति एवं जोसेफ स्कुलका संस्थापक प्रिन्सिपल सूर्यबहादुर अधिकारीले विद्यालय १९औं बसन्त पार गरी २० औं बसन्तमा प्रवेश गरेकोले लामो समय देखि जोसेफ स्कुललाई माया गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिएका थिए । साथै जासेफ स्कुलले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अन्तराष्ट्रिय प्रविधिको प्रयोग गर्ने घोषणा पनि गरे । उनले जोसेफका विद्यार्थीलाई देशमा मात्र नभई विश्व समक्ष प्रतिस्पपर्धा गर्न सक्ने सक्षम बनाउन लागिपर्ने पनि बताए ।

 

कार्यक्रममा स्थानीय राजनैतिक दल, स्थानीय संघ संस्थाका प्रतिनिधि र अभिभावको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रख्यात जादुगर माहादेव त्रिपाठी, बरिष्ठ लोक गायक नवराज घोरासैनी तथा विद्यालयका विद्यार्थी कलाकारहरुले गायन, नृत्य र कलामार्फत रोचक तथा भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

(फोटो: मनोज होमबहादुर अधिकारी)

 

 

तपाइँको प्रतिक्रिया ।