चाक्सीबारी, रातोपुल र बुनपामा मेयरको टिकट

कपन अनलाइन, काठमाडौँ / राजनीतिक लेख । भन्न त भनिन्छ प्रेम र युद्धमा सब जायज हुन्छ भनेर । तर लाग्छ शायद सबै कुरा जायज हुने स्थान भने राजनीति नै हो । जस्तो आमजनतालाई एकदम स्वभाबिक लाग्नु अहिलेको निर्बाचन क्षेत्र नं ४ को घटना क्रम हेर्दै जादा देख्न सकिन्छ ।

 
यही क्षेत्रबाट निर्वाचनमा हारेका व्यक्तित्वहरु देशको प्रमुख निकायका बागडोर सम्हालेर विराजमान छन् । यहीबाट निर्बाचनमा कठोरुरुपमा पराजित हुनेहरु राष्ट्रपति उपराष्ट्रपति लगायतका पदमा आसिन छन् भने हुदाँ हुदाँ निर्बाचनमा जमानत समेत जफत भएकी उम्मेदवार त राजदुत समेत भएकी खबर हामीले पढ्न पायौँ । तसर्थ भन्न त प्रेम र युद्धमा सब जायज हुन्छ भनेर तर शायद सबै कुरा जाएज हुने स्थान भने राजनीति नै हो जस्तो आम जनता लाई एकदम कुरा हरु जाएज हुने स्थान भनेको राजनीति नै हो ।

 

 

बिजेन्द्र पुडासैनी
-दृष्टिकोण

मुलुकमा स्थानीय चुनाबको चहलपहल सुरु भईरहेको स्थितिमा काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा स्थानीय चुनाबको चहलपहल विस्तारै सामाजिक संजालमार्फत सुरु भैरहेको छ । बिशेषतः मेयर पदका प्रत्यासीहरु अहिले आआफ्नो कासरतमा लागिसकेका छन् । बिधमान राजनीतिक दल भित्र रहेका गुट उपगुट तिनीसंग नजिक रहेका पात्र अनि शक्तिकेन्द्रसंगका सम्बन्धित सम्बन्धहरुले मेयर पदको टिकट निश्चित प्राय गर्ने अनुमान सहज नै लगाउन सकिन्छ ।

 
यो लेख बिशेष गरी बुढानिलकण्ठ नगरपालिकाको नेपाली कांग्रेश भित्र मेयर पद पाउने सक्ने सम्भावना भएका उम्मेदवार शक्ति केन्द्रसंगका सामिप्यता गुट उपगुटका रणनीति अनि को कसको प्रिय पात्र हुन् अनि मेयर पद को टिकेट पाउने घटना क्रम के कस्तो होला अनुमानित गर्नेछ । नेपाली कांग्रेश बुढानिलकण्ठ नगरपालिका निर्बाचन क्षेत्र नं. ४ र ५ मा रहेको छ । काठमाडौँ को राजनीति मा निर्बाचन क्षेत्र नं. ४ ले अन्य स्थान भन्दा बेग्लै महत्व पहिले देखि नै बोकी आएको छ ।

 
हाल यस निर्वाचन क्षेत्रबाट शक्तिशाली युवानेता गगन थापा बिजयी भए पछि काठमाडौँको कांग्रेश राजनितीको अर्को उदाउदो शक्ति केन्द्र थापा (रातोपुल) पकडमा हुन् सक्ने भन्दै केहि जानिफकारहरू बोलि रहेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ४ मा न्हुच्छेनारायण श्रेष्ठ क्षेत्रीय सभापति रहँदा गगन थापा (रातोपुल) हाबी रहेको अड्कलबाजीलाई चिर्दै क्षेत्रको चुनाबमा राजु श्रेष्ठ बिजयी हुनु संगै गगन थापा(रातोपुल) कम्जोर बनेको आंकलन पनि नसुनिएको पक्कै होइन ।

 
बुढानिलकण्ठ नगरपालिकाको नगर अधिबेशनबाट तरुणदल को अधिबेशनबाट को कति बलियो र हाबी छ भन्ने कुराहरु पुस्टि भैसकेको समेत छ । भलै यो पुस्टि कति सत्य कति मिथ्या छ त्यो अबको केहि हप्ता पछि देखिने छ । यो अवस्थासम्म आइपुग्दा चाक्सीबारी र रातोपुल आआफ्नो धारणासहित आफ्ना पकडमा रहेका मानिस मध्य कसलाई मेयर बनाउने भन्दै चिन्तन गर्दै पक्कै होलान ।

राजाराम बुढाथोकी, न्हुच्छे नारायण श्रेष्ठ ,गोकर्ण के.सी गणेश कोइराला नेपाली कांग्रेशबाट बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका सम्भावित दाबेदार मानिएका छन् । राजाराम बुढाथोकी र न्हुच्छेनारायण श्रेष्ठ बुढानिलकण्ठ नगरपालिकामा सहजीकरण समितीमा बसेर काम गरिसकेको आधार लिने हो भने यी दुईको नाम अग्र स्थानमा आउने देखिन्छ । नगर सहजीकरण समितिमा बसेर काम गर्दा न्हुच्छे नारायण श्रेष्ठलाई चुनिखेल मात्र केन्द्रित भएको भनेर भन्नेहरुसमेत धेरै थिए भलै प्रथम बुढानिलकण्ठ महोत्सवको समयमा उनको सक्रियतालाई सकारात्मकरुपमा लिएको थियो । राजाराम बुढाथोकी नगर समितिमा आएको केहि महिना आलोचना खेप्न बाध्य भए पनि उनले आफ्नो गति समातेर कामलाई निरन्तरता दिँदै गए र अनुभबी बन्दै आफ्नो पकड मजबुत बनाउँदै छन् ।

 
रातोपुल आफ्नो पकड अझै मजबुत बनाउन बुढानिलकण्ठ नगरपालिका आफ्नै अधिनमा राख्न प्रयासरत देखिन्छ भने चाक्सीबारी बुढानिलकण्ठ नगरपालिकामा आफु अझै बलियो हुने देखिन्छ । दुई ओटा निर्बाचन क्षेत्रका क्षेत्रिय् सभापतिको समर्थन कसलाई हुने छ दुवै क्षेत्रीय् सभापतिहरुले कसको नाम सिफारिस गर्ने छन् र पार्टीले कसलाई टिकेट दिने छ भन्नि कुरा अब को केहि हप्ता पछी पक्कै थाहा हुने छ
राजाराम र न्हुच्छेबीच कसलाई टिकेट दिने भनेर बहस चली रहँदा गोकर्ण के.सी लाई मेयर को टिकेट दीइन सक्ने सम्भावना समेतरहेको कुरा हुने गरेको छ । गोकर्ण के.सी तरुण दल काठमाडौँको अध्य्क्ष भई काम गरिसकेका अनुभबी नेता हुन् । दुवै क्षेत्रिय सभापति संगको निकट सम्बन्ध एबं चाक्सीबारीमा समेत पहुच भएका गोकर्ण के.सी सम्भावित मेयर का प्रत्याशी हुन् । रातोपुल आफ्नो उपस्थिति कम्जोर भएको खण्डमा काठमाडौँको अन्य स्थानमा आफु सहमतिमा आउने तर बुढानिलकण्ठमा आफ्नै निकट मानिस मेयर बनाउने पर्ने शर्तनामा लिएर नआउला भन्न सकिन्न ।

 

यो अवस्था आउँदा क्षेत्र नं.४ का क्षेत्रीय सभापति राजु श्रेष्ठको निर्णय के रहला के आफै मेयर पदको चुनाबमा लड़नी निर्णय गर्ने छन् ? त्यो महत्वपूर्ण रहने छ । गगन थापा र राजु श्रेष्ठबीच राम्रो सम्बन्ध नरहेको भनेर खबरहरु नसुनिएको पनि हैन तर मनन गर्नु पर्न्र कुरा के हो त भन्दा क्षेत्रको क्षेत्रीय सभापति र सांसदबीच सम्बन्ध बिग्रिँदा यसको परिणामको फाइदा र बेफाइदाका जोड घटाऊ गर्नेहरुको पनि क्षेत्र नं ४ मा बाक्लै भिड छ । क्षेत्रीय सभापति राजु श्रेष्ठले त्यही आरोपहरु कपोकल्पित रहेको र क्षेत्रको संसदलाई क्षेत्रमा कुन र कस्तो कार्यक्रम हँुदा बोलाउने न बोलाउने भन्ने कुरा आफुलाई थाहा भएको बताई सकेका छन ।

 

श्रेष्ठ र थापाबीचको सम्बन्धलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेको भन्ने कुरा उठिरहँदा यो प्रसंग चाक्सीबारी र रातोपुल बीचको हो कि भनेर अनुमान पनि लगाइएको छ । हुन त नेपाली कांग्रेशको राजनीति मा गुट उप गुट नभई क्रियाशील सदश्य नै रहन सकिन्न भनेर भन्नेहरुको संख्या पनि बाक्लै रहेको छ । क्रियाशील सदस्यता लिनको लागि पनि एउटा गुट भित्र रही गुटले सिफारिश गरे पश्चातमात्र सदासयता पाउने प्रणाली रहेकोमा अब हुने स्थानीय निकाय निर्वाचनमा कुन गुट हाबी हुने हो त्यो हेर्न सबै उत्साहित छन ।

 

दुई निर्बाचन क्षेत्र भएकाले मेयर र उपमेयर पदको भागबन्डा समेत मिलाउनु पर्ने अनि महिला प्रतिनिधिसमेत उठाउने पर्ने भएको मा महिलाको प्रतिनिधित्व सबालमा मिना पराजुली सुभद्रा खड्का, कल्पना मल्ल ठकुरी र लक्ष्मी को नामसमेत अगाडी आइरहदाँ यो सट्टामा बाजी कसले मर्ने हो त्यो भने हेर्न बाँकी रहेको छ । जसै गुट उपगुट हाबी हुने यो समयमा कांग्रेसमा मात्र नभई अन्य राजनीतिक दलमा समेत बिभिन्न गुट उपगुट सल्बलाई सकेका छन । राजनीतिक संस्कार निजी व्यक्त्तित्व कार्य शैली लगायत उमेदबार हरुको आचरणमा समेत उनीहरुको टिकट पाउने सम्भावनाको कडीलाई जोडी हेर्ने गरेको देख्न सकिन्छ्र ।

तपाइँको प्रतिक्रिया ।