राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भोलिदेखि बुढानिलकण्ठ स्कूलमा क्षेत्र नं. ५ मा कार्यक्रम
कपन अनलाइन, काठमाडौँ । काठमाडौंमा भैरहेको क्षेत्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नं. ५ को प्रतियोगिता भोलि फागुन १६ बाट संचालित हुँदैछ । कार्यक्रम संयोजक देवराज लामाका अनुसार बुढानिलकण्ठ स्कूलमा हुने प्रतियोगितामा सांसद मिरा ध्वजु प्रमुख अतिथि रहने छिन् ।
नेपाल कुँरास संघका केन्द्रिय सदस्यसमेत रहेका देवराज लामाले कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन सबैखाले तयारी पूरा भएको बताएका छन् । प्रतियोगितामा १७ विद्यालयले भाग लिने छन् । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल खेलमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम हुनेछ । प्रतियागिता फागुन १६ र १७ गते संचालन हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको सकृयतामा संचालन भैरहेको छ ।
तपाइँको प्रतिक्रिया ।