बिदुरविक्रम खड्काले सामाजिक सञ्जालमार्फत मेयर पदको दावी गरे

कपन अनलाइन, काठमाडौँ । बुनपामा दलहरुका तर्फबाट मेयर उपमेयर तथा वडाध्यक्षको दावी गर्नेहरुको संख्या बढ्दो छ । सरकारले ०७४ बैशाख ३१ गते स्थानीय निकाय चुनाव हुने जनाएपछि तात्तिएको नेपाली राजनीति सामाजिक संजालमा बिस्तारै गति लिँदैछ ।
बुनपा कार्यालयमा एमालेका तर्फबाट सहजीकरण सदस्य रहेका बिदुरविक्रम खड्काले आफ्नो फेशुबुक मार्फत मेयर पदमा आफ्नो दावी रहेको बताएका छन् । पछिल्ला दिनहरुमा बुनपाको मेयर पदमा एमाले तर्फबाट उनको सम्भाव्यक्ताको बारेमा व्यापक चर्चा चलिरहेको अवस्थामा खड्का आफैले सामाजिक संजालमार्फत दावी प्रस्तुत गरेका हुन् । खड्काको यो दावीसँग बुनपा एमालेभित्र राजनीतिक तरंग उत्पन्न भएको छ ।

 


खड्काले आफ्नो फेशबुक स्टाटसमा आफू राजनीतिमा होमिएको करिब ४० वर्ष भएको बताउँदै अब चुपचाप बसिन्न भनेका छन् । उनले आफूले गरेको कामहरु पनि स्टाटसमा उल्लेख गरेका छन् । खड्काले आफू मेयरमा बिजय भएमा बुनपालाई कस्तो बनाउने भन्ने साधारण खाका पनि फेशबुकमा राखेका छन् । वातावरण, खानेपानी, सडकजस्ता विषयलाई उनले विकासको रोडम्यापको रुपमा लेखेका छन् ।
गत असारको तेस्रो सातापछि बुनपा सहजीकरण सदस्यमा आएका विदुरविक्रम खड्काले यो अबधीमा सांगठनिकरुपमा मात्र नभै विकासका बिभिन्न गतिबिधिमा आफूलाई सक्रिय बनाएका छन् । खरो मिजास र विकासप्रेमी व्यक्तित्वको रुपमा उनले पहिचान बनाएकाले पनि उनलाई सम्भावित मेयर पदको उम्मेदवार भनेर धेरैले चर्चा गर्ने गरेका छन् । यद्यपि क्षेत्रीय अध्यक्ष कुसुम कार्कीलगायत नेताहरु दीपक निरौला, उद्धब खरेल, बालकृष्ण श्रेष्ठको नाम पनि मेयर पदका लागि भनेर बहश हुने सम्भावना रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।