गोकर्णेश्वरमा कांग्रेस फुलाउँदै ज्योती

गोकर्णेश्वरमा कांग्रेस फुलाउँदै ज्योती

कपन अनलाइन 
प्रजातन्त्रका सेनानी स्व. जीतनारायण ज्योती काठमाडौको पूर्वाेत्तर क्षेत्रमा नेपाली कांग्रेसका हस्ती थिए । प्रजातान्त्रिक आन्दोलनमा ०१८ सालदेखि ०२५ सालसम्म जेल परेका स्व जीतनारायणका छोरा श्रीकृष्ण ज्योती यतिखेर गोकर्णेश्वर क्षेत्रको राजनीतिमा सक्रिय छन् ।

साविक नयाँपाटी गाविसमा लामो समय नेपाली कांग्रेसको राजनीति गरेका श्रीकृष्ण ज्योती यतिखेर गोकर्णेश्वर नगरपालिकामा नेकाको तर्फबाट सहजीकरण समितिमा रहेका छन् । विकासप्रेमी नेताको रुपमा चिनिएका श्रीकृष्ण ज्योती ६ महिना अघिमात्र गोकर्णेश्वर नगरपालिकाको सहजिकरण सदस्य भएका हुन् ।

६ महिनाको अबधिमा उनले नगरपालिकाको लागि केही महत्वपूर्ण कामहरु गरेको बताउँछन् । ज्योतीका अनुसार गोकर्ण हनुमानचोक बस्नेत गाउँ सडक (९० लाख), श्वेतबराही सडक(४७ लाख), बंगला वनगाउँ सडक(५० लाख), भैरव चोक पाञ्चायन मन्दिर(८० लाख), नयाँपाटी खानेपानी थप(४० लाख) लगायतका काम गरिरहेका छन् ।
गोकर्णेश्वरलाई देशको नमुना नगरपालिका बनाउने सोच बनाएका श्रीकृष्ण ज्योति गोकर्णेश्वर नगपालिका नेका नगर सभापतिसमेत हुन् । गोकर्णेश्वर नगरपालिका आसन्न स्थानीय निकायको चुनाव नेपाली कांग्रेसका लागि जिताउन मेहनत गरिरहेको ज्योति स्वयम् मेयरको उम्मेदवारका सम्भावित व्यक्ति पनि हुन् । लामोसमय नेका क्षेत्रीय सचिवसमेत बनेर काम गरेको अनुभव संगालेका श्रीकृष्ण ज्योती गोकर्णेश्वर क्षेत्रमा विकासपुरुष बन्दै गरेको सबैले अनुभूति गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।